भारतको पहिलो डी प्लस एसयूभी एमजी म्याजेस्टर नाइमा एक्सपोमा सार्वजनिक, १५ लाख ५० हजार फाइदा हुने

काठमाडौं नेपालका लागि जेएसडब्लु एमजी मोटरको आधिकारिक वितरक जीओ अटोमोबाइल्सले भृकुटीमण्डपमा जारी नाइमा नेपाल मोबिलिटी एक्सपो २०२६ मा एमजीको सबैभन्दा ठूलो र शक्तिशाली एसयूभी एमजी म्याजेस्टर सार्वजनिक गरेको छ ।

एमजी म्याजेस्टर भारतको पहिलो डी प्लस एसयूभी हो, जुन परम्परागत फुल साइज एसयूभी भन्दा माथिल्लो सेगमेन्टमा पर्छ । भारतबाहिर यसलाई प्राप्त गर्ने विश्वका प्रारम्भिक बजारमध्ये नेपाल पनि एक हो।

यसले नेपाल एमजीका लागि प्राथमिकतापूर्ण बजार रहेको र जीओ अटोमोबाइल्स नेपाली ग्राहकलाई एमजीको पूर्ण ग्लोबल लाइनअप उपलब्ध गराउन प्रतिबद्ध रहेको स्पष्ट गर्छ। एमजी म्याजेस्टर अरुसँग प्रतिस्पर्धा गर्न नभई यसले आफ्नै श्रेणी निर्माण गरिरहेको कम्पनीको भनाइ छ । यसले कम्प्याक्ट एसयूभी वा सामान्य ७ सिटर एसयूभीसँग प्रतिस्पर्धा गर्दैन। नेपाली सडकमा यसले आफैंमा एउटा प्रभावशाली उपस्थितिको प्रतिनिधित्व गर्छ।

हरेक सडकमा आफ्नो प्रभुत्व
एमजी म्याजेस्टर चल्नुअघि नै आफ्नो प्रभाव छोड्छ। ५ मिटरभन्दा बढी लम्बाइ, २ मिटरभन्दा बढी चौडाइ र करिब १.९ मिटर उचाइ भएको यसको प्रभावशाली आकारले सडकमा असाधारण उपस्थितिको अनुभूति गराउँछ।

ल्याडर फ्रेम निर्माण, मस्कुलर बडी लाइन र बोल्ड ग्रिलले यसलाई फोरट्रेस जस्तो बलियो र प्रभावशाली स्वरूप प्रदान गर्छ। २१९ एमएम ग्राउन्ड क्लियरेन्स तथा २६५/५५ आर१९ अल–टेरेन टायरले यसलाई नेपालको विविध भूगोलका लागि उपयुक्त बनाउँछ, जुन काठमाडौंका व्यस्त सडकदेखि पहाडी राजमार्ग र ग्रामीण सडकसम्म प्रयोग गर्न सकिन्छ ।

शक्तिसँगै परिष्कार
एमजी म्याजेस्टरमा २.० लिटर ट्विन–टर्बो डिजेल इन्जिन जडान गरिएको छ, जसले २१५.५ पीएस पावर र ४७८.५ एनएम टर्क उत्पादन गर्छ। यसलाई स्मुद ८–स्पिड अटोमेटिक ट्रान्समिसनसँग जोडिएको छ।

यस संयोजनले राजमार्गमा सहज ड्राइभिङका साथै उत्कृष्ट पुलिङ पावर प्रदान गर्छ, जुन नेपालको पहाडी भूभागका लागि विशेष रूपमा उपयोगी छ। यो रियर ह्विल र फोरह्विल ड्राइभ दुवै कन्फिगरेसनमा उपलब्ध छ । यसले नेपालमा उपलब्ध प्रतिस्पर्धी फोरह्विल ड्राइभ एसयूभीहरुसँग प्रतिस्पर्धा गर्ने क्षमता राख्नुका साथै थप प्रविधि, थप स्पेस र थप मूल्य प्रदान गर्छ।

नेपालको कठिन भूभागका लागि तयार
एमजी म्याजेस्टरको अफरोड क्षमता यसलाई नेपाली सडकमा उपलब्ध अन्य एसयूभीहरूबाट अलग बनाउने प्रमुख विशेषतामध्ये एक हो। यसमा स्यान्ड, स्नो, मड, रक लगायत १० वटा अफरोड मोड रहेका छन् । त्यसैगरी फ्रन्ट, सेन्टर र रियर गरी ट्रिपल डिफ्रेन्सियल लक र ८१० एमएमको वाटर वेडिङ रहेको छ । यसकारण तराईका समथर भूभागदेखि हिमाली ट्रेलसम्म — नेपालले प्रस्तुत गर्ने हरेक सडकका लागि एमजी म्याजेस्टर उपयुक्त भएको कम्पनीको भनाइ छ ।

विलासिताको नयाँ परिभाषा
एमजी म्याजेस्टरको भित्री भागले फर्स्ट क्लास अनुभव प्रदान गर्छ । यसको क्याबिनमा ६ सिटर कन्फिगरेसन उपलब्ध छ, जसमा सेकेन्ड रोमा क्याप्टेन सिट रहेका छन् । यसले फर्स्ट क्लास कम्फर्ट चाहने ग्राहकका लागि विशेष अनुभव प्रदान गर्छ। परिवार र व्यावहारिकताका लागि ७–सिटर कन्फिगरेसन पनि उपलब्ध छ।

अगाडिका सिटमा एम–लाउन्ज मल्टी मोड मसाज र भेन्टिलेसन सुविधा रहेको छ। त्यस्तै, ग्यालेक्सी भ्यु प्यानोरामिक ग्लास रुफले क्याबिन भित्र पर्याप्त प्राकृतिक प्रकाश प्रवेश गराउँछ।

१२.३ इन्च एचडी पोट्रेट इन्फोटेनमेन्ट स्क्रिन तथा ७५ भन्दा बढी कनेक्टेड कार फिचरले ड्राइभिङ अनुभवलाई थप सहज र प्रिमियम बनाउँछन्। यी सुविधामा रिमोट कन्ट्रोल, भ्वाइस कमान्ड र स्मार्ट अलर्ट लगायतका प्रविधि समावेश छन्।

सुरक्षामा कुनै सम्झौता छैन
सुरक्षाका लागि एमजी म्याजेस्टरमा ६ वटा एयरब्याग, लेभल टु एडास, ३६० डिग्री क्यामेरा तथा इलेक्ट्रोनिक पार्किङ ब्रेक (ईपीबी) जस्ता सुविधा उपलब्ध छन् ।

जीओ अटोमोबाइल्सले प्रत्येक ५ वर्ष वा १ लाख किलोमिटर वारेन्टी तथा नेपालभर २४सैं घण्टा सातै दिन रोडसाइड असिस्टेन्स उपलब्ध गराएको छ। ललितपुरको धोबीघाटमा यसका लागि एमजी सर्भिस वर्कशप छ ।

जीओ अटोमोबाइल्सका म्यानेजिङ डाइरेक्टर आकाश गोल्छाका अनुसार कम्पनीले नेपालमा केवल गाडी बिक्री गरिरहेको छैन । नेपालमा यस्तो एउटा इकोसिस्टम निर्माण गरिरहेको छ, जहाँ प्रत्येक एमजी ग्राहकले आफू जहाँसुकै ड्राइभ गरे पनि विश्वस्तरीय सपोर्ट प्राप्त गर्न सकून् ।

नाइमा एक्सपो विशेष अफर - १५ लाख ५० हजारसम्मको मूल्य अभिवृद्धि
नाइमा नेपाल मोबिलिटी एक्सपो २०२६ मा एमजी म्याजेस्टर बुक गर्ने प्रत्येक ग्राहकले विशेष भ्याल्यु प्याकेज प्राप्त गर्नेछन् । यस अन्तर्गत ८ लाख रुपैयाँ स्योरसट क्यास डिस्काउन्टका साथै १ वर्षको कम्प्रिहेन्सिभ इन्स्योरेन्स, निःशुल्क प्रिमियम एसेसरिज, १० हजार भन्दा माथिको बुकिङमा गिफ्ट ह्याम्पर र अल्ट्रा लक्की ड्रमा सामसुङ ग्यालेक्सी एस२६ अल्ट्रा प्राप्त गर्नेछन् । यस अनुसार कुल मूल्य लाभ १५ लाख ५० हजार रुपैयाँ सम्म हुने कम्पनीको भनाइ छ । यसको मूल्य २ करोड ५ लाख रुपैयाँ रहेको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...