ओरा५ अब हाईब्रिड पावरट्रेनमा पनि, यस्तो छ विशेषता

काठमाडौं–ग्रेट वाल मोटर (जडब्लूएम) ले आफ्नो ओरा ब्रान्ड अन्तर्गत पहिलोपटक प्लग–इन हाइब्रिड इलेक्ट्रिक गाडीको रूपमा ओरा५ जिटी बजारमा ल्याउने तयारी गरेको छ । चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालयको हालै सार्वजनिक फाइलिङ अनुसार यस नयाँ मोडलको औपचारिक पुष्टि भएको हो ।

नयाँ ओरा५ जिटीलाई कम्प्याक्ट एसयूभीका रूपमा डिजाइन गरिएको छ जसमा पाँच जना यात्रु सहजै यात्रा गर्न सक्छन् । यो गाडी ४,७५८ एमएम लामो, १,८३३ एमएम वा १,८४४ एमएम चौडा र १,६३० एमएम अग्लो रहेको छ भने यसको ह्विलबेस २,७२० एमएम छ । अघिल्लो संस्करणको तुलनामा यसको पछाडिको भागमा नयाँ स्टायल प्रस्तुत गरिएको छ, जसमा थ्रु–टाइप टेललाइट र जिडब्लूमको ब्रान्डिङ स्पष्ट देख्न सकिन्छ ।

यस गाडीमा ग्रेट वाल मोटरद्वारा निर्मित १.५ लिटरको टर्बोचाज्र्ड इन्जिन जडान गरिएको छ, जसले ११५ किलोवाट (१५४ हर्सपावर) क्षमता प्रदान गर्छ । यस गाडीको अधिकतम गति प्रतिघण्टा १९० किलोमिटरसम्म रहने जनाइएको छ । जिडब्लूएमका अधिकांश गाडीहरूमा आफ्नै भगिनी कम्पनी एसभोल्टको ब्याट्री प्रयोग हुने गरे तापनि यो हाइब्रिड मोडलमा भने सीएटीएल कम्पनीको लिथियम आइरन फोस्फेट ब्याट्री प्रयोग गरिएको छ ।

स्मार्ट र आधुनिक सुविधाहरूलाई प्राथमिकता दिँदै यस गाडीमा उच्चस्तरीय ड्राइभर–असिस्टेन्स सिस्टम, लिडार, फ्रन्ट तथा साइड राडार र साइड–भ्यु क्यामेरा जस्ता फिचरहरु समावेश गरिएका छन् ।

ओरा५ हाल नेपाली बजारमा समेत उपलब्ध छ । ग्रेटवाल मोटर्सको नेपालका लागि आधिकारिक वितरक भीजी इम्पेक्स प्रालिले ओरा ५ को इलेक्ट्रिक भर्सन उपलब्ध गराएको हो । यो हाल अहिले नेपाली ईभी पारखीमाझ चर्चाको विषय बनिरहेको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...