नाइमा नेपाल मोबिलिटी एक्सपो २०२६ अघि नै काठमाडौंमा देखियो चेरी क्यु
काठमाडौं – बहुप्रतीक्षित चेरी क्यु आधिकारिक सार्वजनिक प्रदर्शन हुनुअघि...
नेपालको इलेक्ट्रिक सवारी बजारमा नयाँ ब्रान्डले छोटो समयमै आफ्नो पहिचान स्थापित गर्नु सजिलो काम होइन। तर नामी भिगोले भने यो चुनौतीलाई अवसरमा परिणत गर्दै केही समयमै नेपाली ग्राहकको रोजाइमा पर्न सफल भएको छ।
नामी ब्रान्ड नेपाल प्रवेश गरेको धेरै भएको छैन। सन् २०२४ मा नामी बक्स ईभी पहिलो उत्पादनका रूपमा नेपाली बजारमा भित्रिँदा धेरैले यो ब्रान्डको नामसमेत सुनेका थिएनन्। त्यसको एक वर्षपछि, सन् २०२५ मा नामी भिगो इलेक्ट्रिक एसयूभी सार्वजनिक भयो। अहिले भने सडकदेखि सामाजिक सञ्जालसम्म नामी भिगोको चर्चा बाक्लिँदै गएको छ।
यसको सफलताका पछाडि सबैभन्दा ठूलो कारण हो प्रतिस्पर्धी मूल्यमा उपलब्ध प्रिमियम डिजाइन र आधुनिक ईभी प्रविधि। आफ्नो सेगमेन्टका अन्य एसयूभीको तुलनामा यसमा उपलब्ध केही विशेष फिचरले यसलाई अलग पहिचान दिएका छन्। एक्सटेरियर स्पिकर, हेभन एन्ड अर्थ टेलगेट, वेलकम तथा मेमोरी सिट फङ्सन, म्युजिक–सिंक्रोनाइज्ड एम्बियन्ट लाइटिङ जस्ता सुविधाले ग्राहकलाई नयाँ अनुभव प्रदान गरेका छन्।
डिजाइनका हिसाबले पनि नामी भिगोले फरक छाप छोड्न सफल भएको छ। यसको बोल्ड एक्सटेरियर, फराकिलो इन्टेरियर र कमान्डिङ रोड प्रेजेन्सले एसयूभी खोज्ने ग्राहकलाई आकर्षित गरेको छ। साथै, १९० एमएम ग्राउन्ड क्लियरेन्सका कारण यो काठमाडौंका सडकदेखि राजमार्ग र ग्रामीण सडकसम्म सहज रूपमा चलाउन सकिने एसयूभी बनेको छ।
सफलताको अर्को महत्वपूर्ण आधार बनेको छ नामीको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु वृद्धि मोटर्सको बलियो बिक्रीपछिको सेवा सञ्जाल। नेपालभर सञ्चालनमा रहेका १२ वटा सेल्स तथा सर्भिस सेन्टरले ग्राहकलाई सहज पहुँच र भरपर्दो सेवा उपलब्ध गराइरहेका छन्। त्यसमाथि ब्याट्री र मोटरमा ११ वर्ष वा २ लाख ५० हजार किलोमिटरसम्मको वारेन्टीले ग्राहकको विश्वास अझ बलियो बनाएको छ।
नामी भिगोको लोकप्रियताले नेपाली ग्राहक अब केवल किफायती मूल्यको सवारी मात्र खोज्दैनन् भन्ने स्पष्ट देखाएको छ। उनीहरू आकर्षक डिजाइन, स्मार्ट प्रविधि, दैनिक प्रयोगमा सहजता र भरपर्दो आफ्टर–सेल्स सर्भिसलाई पनि उत्तिकै महत्व दिन थालेका छन्।
यही कारणले गर्दा छोटो समयमै नेपालका सडकमा ७ सयभन्दा बढी नामी भिगो इलेक्ट्रिक एसयूभी गुडिरहेका छन्। हाल नेपाली बजारमा उपलब्ध नामी भिगो ई२ प्लसको मूल्य ४३ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।
नामी चीनको सरकारी ग्लोबल कम्पनी डोङफेङ मोटर कर्पोरेसनद्वारा उत्पादित सवारी साधन हो । नेपालमा एमएडब्लु ग्रुपले यसको बिक्री–वितरण गरिरहेको छ, जसको अटोमोबाइल क्षेत्रमा ६० वर्ष भन्दा लामो अनुभव छ ।
नामी भिगोको बढ्दो उपस्थिति हेर्दा यो केवल अर्को नयाँ ईभी मात्र होइन, नेपाली बजारमा छोटो समयमै आफ्नो छुट्टै स्थान बनाउन सफल एसयूभीका रूपमा स्थापित हुँदै गएको देखिन्छ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...