टाटा पन्चको ऐतिहासिक कीर्तिमान, ५ वर्ष नपुग्दै ८ लाख बिक्री

टाटा पन्चले भारतीय अटोमोबाइल बजारमा नयाँ इतिहास रचेको छ। सन् २०२१ को अक्टोबरमा लन्च भएको सो एसयूभीले केवल ५७ महिनामै ८ लाख युनिट बिक्रीको कोसेढुङ्गा पार गरेको छ ।

कम्पनीका अनुसार टाटा पन्चले ७ लाखबाट ८ लाख युनिट बिक्रीको यात्रा पूरा गर्न ५ महिनाभन्दा पनि कम समय लागेको थियो  । सो उपलब्धिसँगै यसले मारुती ब्रेजा, हुन्डाई भेन्यु र टाटा नेक्सनजस्ता लोकप्रिय एसयूभीलाई समेत पछि पारेको छ। जहाँ मारुती ब्रेजाले ८ लाख बिक्री पुग्न ८० महिना, हुन्डाई भेन्युले ८५ महिना र टाटा नेक्सनले ८९ महिना लगाएको थियो ।

साथै जुन महिनामा टाटा पन्चले २१ हजार ६ वटा युनिट बिक्री गर्दै अहिलेसम्मकै उच्च मासिक बिक्री रेकर्ड कायम गरेको थियो। यही सफलताका कारण टाटा पन्च भारतमा सबैभन्दा धेरै बिक्री हुने कारको सूचीमा शीर्ष स्थानमा समेत उक्लिएको थियो। टाटा पन्चको यो ऐतिहासिक सफलताको कारण यसको मल्टी पावरट्रेन विकल्प हो । सो एसयूभी पेट्रोल, सीएनजी र इलेक्ट्रिक संस्करणमा उपलब्ध छ। सीएनजी भेरिएन्टमा अटोमेटिक म्यानुअल ट्रान्समिसनको विकल्प पनि दिइएको छ। साथै, ग्लोबल एनक्याप र भारत एनक्यापबाट पनि ५ स्टार सेफ्टी रेटिङ पाएको छ।

टाटा पन्च फेसलिफ्ट पेट्रोल भेरिएन्टको मूल्य ५ लाख ७० हजार भारुदेखि सुरु भई टप भेरिएन्टको लागि १० लाख ६७ हजार भारुसम्म छ। यसमा १.२ लिटर क्षमताको नेचुरली एस्पिरेटेड पेट्रोल इन्जिनका साथै १.२ लिटर टर्बो पेट्रोल इन्जिनको विकल्प उपलब्ध छ। सो इन्जिन ५ स्पिड म्यानुअल, अटोमेटिक म्यानुअल ट्रान्समिसन र ६ स्पिड म्यानुअल गियरबक्सको विकल्प दिइएको छ। यसको माइलेज प्रतिलिटर करिब १८ देखि २० किलोमिटरसम्म रहेको छ।

यसमा १०.२५ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले, वायरलेस चार्जर, सिंगल प्यानोरामिक सनरुफ, डिजिटल ड्राइभर डिस्प्ले, ३६० डिग्री क्यामेरा, ६ वटा एयरब्याग, एबीएस, ईएसपी, हिल होल्ड असिस्ट र रिभर्स पार्किङ क्यामेरा जस्ता फिचर समावेश गरिएको छ ।

टाटा पन्च सीएनजी भेरिएन्टको मूल्य ६ लाख ७९ हजार भारुदेखि १० लाख ६७ हजार भारुसम्म रहेको छ। यसमा ट्विन सिलिन्डर प्रविधिसहितको १.२ लिटर रिभोट्रोन पेट्रोल सीएनजी इन्जिन प्रयोग गरिएको छ, जसले सीएनजी मोडमा करिब ७३.४ पीएस पावर उत्पादन गर्छ। यसमा बिल्ड क्वालिटी, ६ वटा एयरब्याग, टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, रियर एसी भेन्ट, एलईडी लाइट, एबीएस र ईएसपी जस्ता फिचर समावेश गरिएको छ ।

त्यसैगरी, टाटा पन्च ईभीको मूल्य ९ लाख ६९ हजार भारुदेखि १२ लाख ५९ हजार भारुसम्म रहेको छ। यसमा ब्याट्री एस ए सर्भिस योजनाअन्तर्गत ६ लाख ४९ हजार भारु मूल्यबाट सुरु हुन्छ भने ब्याट्री प्रयोगबापत प्रतिकिलोमिटर २.६० भारु शुल्क लाग्ने व्यवस्था गरिएको छ। यसमा ३० किलोवाट आवर र ४० किलोवाट आवर क्षमताका ब्याट्री प्याकमा उपलब्ध छ, जसले फुल चार्जमा अधिकतम ४६८ किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दाबी छ। यसमा ठूलो स्क्रिन र इन्स्ट्रयुमेन्ट क्लस्टर, डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले, भेन्टिलेटेड फ्रन्ट सिट, भ्वाइस असिस्टेन्स सनरुफ, ३६० डिग्री क्यामेरा र क्रुज कन्ट्रोल जस्ता फिचर समावेश गरिएको छ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...