वर्षायाममा यसरी गरौ ईभी सुरक्षा : सानो सावधानी, ठूलो सुरक्षा
नेपालमा मनसुन सुरु भएसँगै धेरै स्थानमा अचानक भारी वर्षा, सडकमा पानी जम्ने,...
काठमाडौं — जीडब्लूएम नेपालले आफ्नो लोकप्रिय विद्युतीय एसयूभी ओरा५ मा उपलब्ध गराउँदै आएको ‘इन्ट्रोडक्टरी अफर’ औपचारिक रूपमा समाप्त भएको जनाएको छ । कम्पनीका अनुसार अबदेखि हुने सबै नयाँ बुकिङ तथा सोधपुछमा ओरा५ को नियमित बजार मूल्य नै लागू हुनेछ ।
नेपाली बजारमा सार्वजनिक भएयता ओरा५ ले आकर्षक डिजाइन, अत्याधुनिक प्रविधि, उन्नत सुरक्षा सुविधा तथा लामो ड्राइभिङ रेन्जका कारण ग्राहकहरूबाट सकारात्मक प्रतिक्रिया प्राप्त गर्दै आएको छ । सीमित अवधिका लागि ल्याइएको विशेष अफर समाप्त भएसँगै कम्पनीले गाडीका दुवै भेरियन्टको नयाँ बजार मूल्य निर्धारण गरेको हो ।
नयाँ मूल्यसूची अनुसार ओरा५ को मिड भेरियन्टको मूल्य ४८ लाख ४९ हजार तथा हाई भेरियन्टको मूल्य ५३ लाख ९९ हजार कायम गरिएको छ । यसअघि अफर अन्तर्गत यी कारको मूल्य क्रमश ४६ लाख ९९ हजार र ५१ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको थियो ।
कम्पनीका अनुसार ओरा५ ले सार्वजनिक भएदेखि नै अपेक्षाभन्दा राम्रो बजार प्रतिक्रिया पाएको र प्रिमियम एसयूभी सेग्मेन्टमा आधुनिक प्रविधि, उच्चस्तरीय सुरक्षा एवं दैनिक प्रयोगका लागि उपयुक्त सुविधाहरूको उत्कृष्ट संयोजन प्रदान गर्दै आएको छ ।
कार खरिद गर्न इच्छुक ग्राहकहरूले देशभर रहेका जीडब्लूएमका आधिकारिक शोरुममार्फत नयाँ मूल्य अनुसार बुकिङ तथा टेस्ट ड्राइभ गर्न सक्ने जनाइएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...