इलेक्ट्रिक कार बजारमा टाटाको प्रभुत्व कायमै: जुलाईमा १२,५०० भन्दा बढी ईभी बिक्री
भारतीय अटोमोबाइल बजारमा टाटा मोटर्सले इलेक्ट्रिक सवारी साधनमा आफ्नो...
काठमाडौं–चिनियाँ अटो निर्माता एफएडब्लू र जर्मन अटो जायन्ट फक्सवागनको संयुक्त लगानीमा तयार पारिएको जेट्टा ब्रान्डले चीनमा आफ्नो पहिलो पूर्ण विद्युतीय सेडान कार जेट्टा एम६ सार्वजनिक गरेको छ ।
चीनको ईभी बजारमा आफ्नो पकड बलियो बनाउन फक्सवागनले ल्याएको यो मोडलले एक्सपेङ मोना एम०३ र एमजी ०७ जस्ता लोकप्रिय कारसंग प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ । सन् २०१९ मा स्थापित जेट्टाले हालसम्म इन्धनबाट चल्ने कारहरू मात्र बिक्री गर्दै आएकोमा पछिल्लो समय इन्धन कारको माग घट्दै गएपछि चारवटा नयाँ विद्युतीय कारहरू बजारमा ल्याउने रणनीति बनाएको हो ।
डिजाइनका हिसाबले जेट्टा एम६ मध्यम आकारको सेडान हो, जसमा १८ इन्चको ह्विल, आकर्षक हेडलाइट, निरन्तर बलिरहने टेललाइट र ठूलो सनरुफ समावेश गरिएको छ । यसको लम्बाइ ४,८०६ एमएम, चौडाइ १,८६८ एमएम र उचाइ १,५०० एमएम रहेको छ भने ह्विलबेस २,८२० एमएम छ ।
यो कार दुईवटा मोटर विकल्पमा उपलब्ध हुनेछ, जसमा ११३ किलोवाट क्षमताको मोटरले अधिकतम १६६ किमी प्रतिघण्टा र १४५ किलोवाट क्षमताको मोटरले १७२ किमी प्रतिघण्टाको गति लिन सक्ने बताइएको छ । कम्पनीले यसको ब्याट्री क्षमता र रेन्जबारे भने कुनै जानकारी बाहिर ल्याएको छैन ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...