२६० किमीसम्म रेन्ज दिने नयाँ इलेक्ट्रिक मोटरसाइकल लन्च, यस्तो छ मूल्य र विशेषता

काठमाडौँ–गुजरातस्थित इलेक्ट्रिक टु–ह्विलर स्टार्टअप ‘एभोर’ ले भारतीय बजारमा आफ्नो पहिलो इलेक्ट्रिक मोटरसाइकल लन्च गरेको छ ।

कम्पनीले यो नयाँ मोटरसाइकल ईइएक्स१, ईएक्स२ र ईएक्स२एस गरी तीन फरक भेरियन्टमा उपलब्ध गराएको छ, जसको सुरुवाती मूल्य १ लाख २५ हजार भारु निर्धारण गरिएको छ ।

सो नयाँ मोटरसाइकलको सुरुआती भेरियन्ट ईएक्स१ मा ३.२४ किलोलाट आवर क्षमताको ब्याट्री प्याक र १०.५ किलोवाटको इलेक्ट्रिक मोटर जडान गरिएको छ । एक पटकको पूर्ण चार्जमा १६० किलोमिटरसम्म गुड्ने क्षमता रहेको यो बाइकले ० देखि ४० किमी प्रतिघण्टाको गति ३.२ सेकेन्डमै पकड्न सक्छ ।

त्यस्तै, मध्यम भेरियन्ट ईएक्स२ मा ५ किलोवाट आवरको ब्याट्री र १०.५ किलोवाटकै मोटर प्रयोग गरिएको छ, जसले एक पटकको चार्जमा २५५ किलोमिटरसम्मको दूरी तय गर्न सक्ने दाबी गरिएको छ ।

१०० किमी प्रतिघण्टाको अधिकतम गतिमा गुड्न सक्ने यो बाइकमा १,५०० वाटको अन–बोर्ड चार्जर दिइएको छ, जसको सहायताले ब्याट्रीलाई २ घण्टामै २० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।

एभोरको टप–स्पेक भेरियन्ट ईएक्स२एस मा पनि ५ किलोवाट आवरको ब्याट्री र १०.५ किलोवाटको मोटर नै राखिएको छ, तर यसले अन्य भेरियन्टभन्दा बढी अर्थात् २६० किलोमिटरसम्मको रेन्ज दिने दाबी गरिएको छ ।

केवल २.८ सेकेन्डमै ० देखि ४० किमी प्रतिघण्टाको गति लिन सक्ने यो भेरियन्टको अधिकतम गति ११४ किमी प्रतिघण्टा रहेको छ । प्रविधियुक्त यस बाइकमा ७ इन्चको टचस्क्रिन इन्स्ट्रुमेन्ट कन्सोल र पाँच वटा फरक राइडिङ मोड समावेश गरिएका छन् ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...