नयाँ ब्रान्ड ‘चुफेङ’को नेपाल प्रवेश, एम३१ए इलेक्ट्रिक मिनी पिकअप आउँदै

काठमाडौं–नेपालको अटोमोबाइल बजारमा व्यावसायिक तथा विद्युतीय सवारीसाधनको माग तीव्र रूपमा बढिरहेका बेला लाइफ म्याटर्स अटोमोटिभ्स प्रालिले नयाँ विद्युतीय मिनी पिकअप ‘चुफेङ एम३१ए’ नेपाल भित्र्याउने भएको छ । सामान ओसारपसार, खुद्रा व्यापार तथा सहरी र अन्तर–सहरी क्षेत्रको ढुवानीलाई थप सहज, किफायती र वातावरणमैत्री बनाउने उद्देश्यका साथ यो पिकअप नेपाली बजारमा ल्याउन लागिएको हो ।

चुफेङ ‘एम३१ए’ उत्पादन गर्ने कम्पनीको पृष्ठभूमि हरित तथा आधुनिक प्रविधिसँग जोडिएको छ । चीनको अग्रणी अटोमोबाइल उत्पादक हुबेई सिन्चुफेङ मोटर भेइकल कम्पनी लिमिटेडले यसको उत्पादन तथा प्राविधिक विकासमा भूमिका खेलेको छ ।

सन् २००७ को मार्चमा १.०५ अर्ब युआनको दर्ता पुँजीसहित स्थापना भएको हुबेई सिन्चुफेङ सन् २०२२ मा ‘ग्वाङझाउ हाइबोट ग्रुप’ अन्तर्गत पुनर्संरचना भएको हो । यस समूहमा सिङहुवा इन्डस्ट्रियल रिसर्च इन्स्टिच्युट र ग्वाङडोङ राज्य-स्वामित्वको सम्पत्ति सुपरिवेक्षण तथा प्रशासन आयोग जस्ता प्रतिष्ठित संस्थाहरूको लगानी रहेको छ ।

क्यानडा, बेइजिङ, ग्वाङझाउ, वुहान र सुइझोउमा आफ्ना आधारहरू रहेको यस समूहले वार्षिक ५० हजार भन्दा बढी विद्युतीय तथा हाइड्रोजन ऊर्जाबाट चल्ने व्यावसायिक सवारीसाधन उत्पादन गर्दै आएको छ । यही विश्वस्तरीय प्रविधि र विश्वसनीयताका साथ लाइफ म्याटर्स अटोमोटिभ्सले यस पिकअपलाई नेपाली बजारमा प्रस्तुत गर्न लागेको हो ।

शक्तिशाली ब्याट्री, मोटर र २८० किमी रेन्ज
नेपाली बाटो र व्यावसायिक आवश्यकतालाई ध्यानमा राखेर ल्याउन लागिएको चुफेङ एम३१ए को प्राविधिक क्षमता निकै बलियो रहेको छ । यसमा ४१.९९ किलोवाट आवर क्षमताको ब्याट्री प्याक जडान गरिएको छ, जसले एकपटकको फुल चार्जमा २८० किलोमिटरसम्मको रेन्ज दिने दाबी गरिएको छ । साथै, यसमा ३५ किलोवाट क्षमताको इलेक्ट्रिक मोटर राखिएको छ, जसले ७० किलोवाट सम्मको पिक पावर र ९० एनएम रेटेड टर्क तथा २३० एनएमसम्मको पिक टर्क जेनेरेट गर्दछ । यस पिकअपलाई ९० किलोमिटर प्रतिघण्टाको उच्च गतिमा हाँक्न सकिन्छ । यसको पावर र रेन्जले दैनिक व्यावसायिक ओसारपसारलाई बिना कुनै झन्झट सहज बनाउनेछ ।

मजबुत बनावट र उत्कृष्ट भारवहन क्षमता
व्यावसायिक ढुवानीलाई थप प्रभावकारी बनाउन यो पिकअपलाई ४९६० एमएम लम्बाई, १६३६ एमएम चौडाई, २००० एमएम उचाई र ३००० एमएम ह्विलबेसको फराकिलो तथा मजबुत डाइमेन्सनमा तयार पारिएको छ ।

१५२० किलोग्राम कर्व वेट रहेको यस पिकअपको मुख्य आकर्षण भनेकै यसको उच्च भारवहन क्षमता हो । आफ्नो वर्गमा १४६० किलोग्रामसम्मको ठूलो भार सहजै बोक्न सक्ने क्षमता भएकाले यसले व्यवसायीहरूको समय र लागत दुवै बचत गर्नेछ ।

नेपाली सडक अनुकूल उच्च ग्राउन्ड क्लियरेन्स
नेपालका उकालो-ओरालो, खाडल र कच्ची बाटोहरूलाई सहजै पार गर्नका लागि चुफेङ एम३१ए मा २०० एमएमको उच्च ग्राउन्ड क्लियरेन्स दिइएको छ । यसले गर्दा उकालो र असमान सडकहरूमा पनि गाडीको तल्लो भाग ठोकिने जोखिम रहँदैन । लाइफ म्याटर्स अटोमोटिभ्स प्रालिले यस मोडलको बिक्री–वितरणसँगै चुस्त बिक्रीपछिको सेवा र स्पेयर पार्ट्सको उपलब्धतालाई समेत प्राथमिकतामा राखेर आवश्यक तयारी अघि बढाएको जनाएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...