जीडब्ल्युएमको आफ्नै ब्याट्री प्रविधियुक्त ड्रागन आर्मर ब्याट्री भएको ओरा ५ ईभीको फरक चर्चा

कुनै पनि इलेक्ट्रिक गाडी अर्थात ईभीमा प्रयोग हुने ब्याट्रीले गाडीको सुरक्षा र पर्फमेन्समा महत्वपूर्ण भूमिका खेल्छ । यसै तथ्यलाई मनन गरी विश्वभरका गाडी निर्माता कम्पनीहरुले आफ्नो गाडीमा प्रयोग हुने ब्याट्रीमा विशेष ध्यान दिने गरेको पाइन्छ ।

पछिल्लो समयमा विश्वभर विद्युतीय सवारीसाधनको प्रयोग बढ्दै जाँदा ब्याट्रीको सुरक्षा, कार्यक्षमता र विश्वसनीयता ग्राहकहरूको सबैभन्दा ठूलो प्राथमिकता बन्न थालेको छ। धेरैजसो अटोमोबाइल कम्पनीहरूले तेस्रो पक्षबाट ब्याट्री खरिद गर्ने गरेको पाइन्छ । यद्यपि केही थोरै कम्पनीहरुले भने आफै वा आफ्नो भगिनी कम्पनीमार्फत उत्पादन गरिएका ईभी ब्याट्री प्रयोग गर्ने गरेको पाइन्छ ।

यी मध्ये जीडब्ल्युएम अर्थात ग्रेटवाल मोटर पनि एक हो, जसले आफ्नै भगिनी कम्पनी एसभोल्ट मार्फत ब्याट्रीको अनुसन्धान, विकास र उत्पादन गर्दै आएको छ। यही कारण जीडब्ल्युएमले आफ्नो ब्याट्री प्रविधिको गुणस्तर, सुरक्षा र विश्वसनीयतामाथि पूर्ण नियन्त्रण कायम गर्न सफल भएको छ।

नेपालमा हालै सार्वजनिक भएको जीडब्ल्युएम ओरा ५ ईभी एसयूभीमा प्रयोग गरिएको ड्रागन आर्मर ब्याट्री पनि जीडब्ल्युएम अन्तर्गतको अत्याधुनिक ब्याट्री निर्माता कम्पनी एसभोल्टले विकास तथा उत्पादन गरेको हो। वर्षौंको अनुसन्धान र प्रविधि विकासपछि तयार गरिएको यो ब्याट्रीले आगो र पानी प्रतिरोधी उच्च सुरक्षा, लामो ड्राइभिङ रेन्ज, फास्ट चार्जिङ क्षमता तथा उत्कृष्ट कार्यसम्पादनलाई एउटै प्लेटफर्ममा समेटेको छ।

‘ड्रागन आर्मर’ नाम रहनुको कारण यसको विशेष आन्तरिक संरचना हो। ब्याट्रीभित्र रहेका सेलहरू ड्रागनको खप्टाजस्तै तह–तहमा मिलाएर राखिएका छन्। यसले विशेष प्रकारको डाउनवर्ड भेन्टिङ प्रणाली निर्माण गर्छ, जसले कुनै असामान्य अवस्थामा ताप वा आगो उत्पन्न भए पनि त्यसलाई यात्रु बस्ने क्याबिनतर्फ फैलिन नदिई तलतर्फ बाहिर निकाल्ने कार्य गर्छ। यसै कारण यो संरचनाले यात्रुहरूको सुरक्षाका लागि थप सुरक्षात्मक कवच अर्थात आर्मरको रूपमा काम गर्छ।

नेपाली बजारमा हालै भित्रिएको जीडब्ल्युएम ओरा ५ ईभी अन्य कुराका साथै यसमा प्रयोग भएको ब्याट्रीका कारण पनि अन्य ईभी भन्दा फरक रहेको कम्पनीको भनाइ छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...