हाइड्रोजनबाट चल्ने सवारी साधनका लागि मन्त्रालयले माग्यो सुझाव, यस्तो छ सुझाव दिने प्रक्रिया
काठमाडौं – नेपालमा हाइड्रोजनमा आधारित सवारी साधनको सुरक्षित, दिगो तथा...
काठमाडौं - यात्रुवाहक ठुला विद्युतीय सवारी साधन खरिदका लागि बैंक तथा वित्तीय संस्थाले सवारीको मूल्यको ८० प्रतिशतसम्म ऋण दिन पाउने भएका छन् । मौद्रिक नीतिमा उल्लेख उक्त व्यवस्था कार्यान्वयनका लागि राष्ट्र बैंकले बुधबार निर्देशन दिएको छ ।
जसअनुसार कर्जा प्रवाह गर्दा तथा जेन-जी आन्दोलनबाट प्रत्यक्ष प्रभावित उद्योग तथा व्यावसायिक प्रतिष्ठानमा व्यावसायिक रुपमा प्रयोग भइरहेका सवारी तथा ढुवानीका साधन क्षति भई प्रतिस्थापन गर्न कर्जा प्रदान गर्दा ऋण मूल्य अनुपात ८० प्रतिशतसम्म कायम गर्न सकिने छ । हाल मूल्यको ६० प्रतिशतसम्म मात्र ऋण पाइने व्यवस्था छ ।
‘सार्वजनिक यातायातको रुपमा प्रयोग हुने यात्रुवाहक ठुला विद्युतीय सवारी साधनका लागि कर्जा प्रवाह गर्दा तथा जेन-जी आन्दोलनबाट प्रत्यक्ष रुपमा प्रभावित उद्योग तथा व्यावसायिक प्रतिष्ठानमा व्यावसायिक रुपमा प्रयोग भइरहेका सवारी तथा ढुवानीका साधन क्षति भई प्रतिस्थापन गर्न कर्जा प्रदान गर्दा ऋण मूल्य अनुपात ८० प्रतिशतसम्म कायम गर्न सकिनेछ,’ निर्देशनमा भनिएको छ ।
यसअघि केन्द्रिय बैंकले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत व्यक्तिगत सवारी साधन र सबै प्रकारका विद्युतीय सवारी साधन खरिदका लागि ऋण मूल्य अनुपातको सीमालाई घटाएर ६० प्रतिशत कायम गरेको थियो । जसको सिधा असर स्वरूप बैंकहरूले गाडीको मूल्यको ६० प्रतिशत मात्र ऋण दिन पाउने र ग्राहकले अनिवार्य रूपमा ४० प्रतिशत डाउन पेमेन्ट गर्नुपर्ने व्यवस्था लागु भएको थियो ।
त्यसअघि भने सबैखाले विद्युतीय सवारी साधनहरूका लागि एलटीभी रेसियो ८० प्रतिशत नै थियो, जसअनुसार मात्र २० प्रतिशत डाउन पेमेन्टमै ईभी किन्न पाइन्थ्यो । राष्ट्र बैंकले नीति कसेपछि अटोमोबाइल बजारमा सुस्तता आएको गुनासो व्यवसायीहरूले गर्दै आएका छन् ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...