अमेरिकी बजार प्रवेश गर्ने तयारीमा अल्ट्राभायोलेट, जुटायो ठूलो लगानी
काठमाडौं–भारतको प्रिमियम इलेक्ट्रिक मोटरसाइकल ब्रान्ड अल्ट्राभायोलेट...
काठमाडौं– चेरी कारको नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटो कर्पले विश्वप्रसिद्ध ‘रेड डट डिजाइन अवार्ड २०२५’ र आईएफ डिजाइन अवार्ड २०२६ प्राप्त गर्न सफल चेरी क्यूलाई नेपाली बजारमा भित्र्याउने घोषणा गरेको छ ।
शतप्रतिशत विद्युतीय यो अर्बन क्रसओभर आगामी नाइमा मोबिलिटी एक्सपो २०२६ मार्फत नेपालमा पहिलो पटक सार्वजनिक हुने जनाइएको छ ।
नेपाली अटो प्रेमी तथा ग्राहकहरूले यही ११ देखि १६ अगस्ट २०२६ सम्म भृकुटीमण्डप, काठमाडौं मा आयोजना हुने उक्त एक्स्पोमा यस अन्तर्राष्ट्रिय पुरस्कार विजेता गाडीलाई प्रत्यक्ष रूपमा अवलोकन गर्न सक्नेछन् ।
विश्वकै प्रतिष्ठित डिजाइन अवार्डबाट सम्मानित
विश्वकै प्रतिष्ठित डिजाइन सम्मानहरूमध्ये पर्ने ’रेड डट डिजाइन अवार्ड २०२५’ र ’आइएफ डिजाइन अवार्ड २०२६’ बाट चेरी क्यू सम्मानित भइसकेको छ । अन्तर्राष्ट्रिय डिजाइन विज्ञहरूको निर्णायक मण्डलले यस कारको आकर्षक लुक्स, नवीन सोच, सौन्दर्य र उपयोगिताबीचको उत्कृष्ट संयोजनलाई मध्यनजर गर्दै यो अवार्ड प्रदान गरेको हो ।
यस गाडीले आधुनिक शहरी विद्युतीय सवारीको नयाँ परिकल्पना प्रस्तुत गर्दै भविष्यमुखी डिजाइन र स्मार्ट इन्जिनियरिङको बेजोड नमुना प्रस्तुत गर्दछ ।
प्रिमियम इन्टेरियर र भविष्यमुखी फिचर्स
शहरी जीवनशैलीलाई ध्यानमा राखेर निर्माण गरिएको चेरी क्यूमा आधुनिक र लक्जरी सुविधाहरू समावेश गरिएका छन् । प्रिमियम इन्टेरियर र सफा तथा आकर्षक बाह्य डिजाइनमा तयार पारिएको यस कारमा आकर्षक र युनिक लाइटिङ सिस्टम उपलब्ध गराइएको छ, जसले गाडीलाई प्रिमियम लुक्स दिन्छ ।
दैनिक यात्रालाई आरामदायी बनाउन पर्याप्त स्पेस र फराकिलो क्याबिन उपलब्ध यस कारमा ४१.२ किलोवाट आवरको ब्याट्री प्याक र ९० किलोवाट क्षमताको मोटर जडान गरिएको छ । उक्त ब्याट्रीलाई एकपटक फुल चार्ज गर्दा ४०० किलोमिटर रेन्ज प्रदान गर्न दाबी गरिएको छ ।
यस क्रसओभरलाई चेरीले चालकलाई उत्कृष्ट ड्राइभिङ अनुभव प्रदान गर्ने रियर ह्विल ड्राइभ प्लेटफर्ममा तयार पारेको हो ।
आधुनिक डिजाइन, अन्तर्राष्ट्रिय स्तरमा प्रमाणित गुणस्तर र अत्याधुनिक ईभी प्रविधिको संयोजन भएको चेरी क्यूले नेपालको तीव्र गतिमा बढिरहेको विद्युतीय सवारी साधनको बजारमा नयाँ मापदण्ड स्थापित गर्ने कम्पनीले विश्वास लिएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...