चीनमा ईभीको औषत आयु १.८ वर्षमात्र, मोबाइल फोन भन्दा पनि छिटो किन फेरिन्छन् ईभी ?

काठमाडौं– हालै सार्वजनिक भएको एक नयाँ प्रतिवेदनले चिनियाँ उपभोक्ताहरूले आफ्नो मोबाइल फोन अपग्रेड गर्नुभन्दा पनि चाँडो विद्युतीय सवारी साधन (ईभी) फेर्ने गरेको देखाएको छ ।

चाइना एसोसिएसन अफ अटोमोबाइल म्यानुफ्याक्चरर्स(सीएएएम) र हेजुङ कन्सल्टिङद्वारा सार्वजनिक गरिएको तथ्याङ्क अनुसार, हाल चिनियाँ सडकहरूमा गुडिरहेका विद्युतीय सवारी साधनहरूको औसत आयू मात्र १.८ वर्ष रहेको छ ।

सवारी साधन प्रतिस्थापनको यो तीव्र चक्र परम्परागत इन्धन (आईसीई) बाट चल्ने गाडीहरूको तुलनामा निकै कम हो, जसको औसत आयु चीनमा ८.२ वर्ष रहेको छ ।

यो परिवर्तन मुख्यतः युवा वर्गका कारण सम्भव भएको उक्त प्रतिवेदनमा उल्लेख गरिएको छ । चीनमा ३५ वर्ष मुनिका उपभोक्ताहरू नयाँ ऊर्जा सवारी साधन (एनईभी) का मुख्य खरिदकर्ता बनेका छन् । उनीहरू कारलाई लामो समयसम्म रहने हार्डवेयर लगानीका रूपमा भन्दा पनि सजिलै अपग्रेड गर्न मिल्ने डिजिटल ग्याजेटका रूपमा हेर्ने गर्छन् ।

चिनियाँ अटोमोबाइल प्लेटफर्म डोङचेदीका अनुसार, ४३ प्रतिशत ईभी मालिकले नयाँ गाडी किन्नुको मुख्य कारण गाडीको इन्टेलिजेन्ट ड्राइभिङ फिचर्स, उत्कृष्ट सफ्टवेयर र परिमार्जित प्रयोगकर्ता अनुभव मा अपग्रेड हुनु रहेको बताएका छन् ।

ब्याट्री प्रविधि, उच्च कार्यक्षमता भएका प्रोसेसिङ चिप्स र अटोनोमस सफ्टवेयरमा भइरहेको द्रुत विकासका कारण दुई वा तीन वर्ष पुराना मोडलहरू पनि प्रविधि–प्रेमी खरिदकर्ताहरूका लागि चाँडै पुरानो हुने गरेको उक्त प्लेटफर्मको ठम्याई छ ।

प्रविधिको आकर्षण मुख्य कारण भए तापनि, बजारमा हुने तीव्र मूल्यह्रासले पनि गाडी धनीलाई चाँडै गाडी साट्न बाध्य पारेको छ ।

सीएएएम र हेजुङ कन्सल्टिङको प्रतिवेदनले औंल्याए अनुसार, चीनमा एउटा औसत ईभीले स्वामित्वको ३ वर्ष पछि आफ्नो मूल मूल्यको मात्र ४३.३५ प्रतिशत मूल्य कायम राख्न सक्छ—जुन पेट्रोल गाडीहरूको तुलनामा निकै कम हो । रिसेल भ्यालु तीव्र रूपमा घट्ने डरले धेरै मालिकहरू प्रविधि बजारमा चल्तीकै छँदा आफ्नो गाडी चाँडै साटेर कम नोक्सानी बेहोर्न चाहन्छन् ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...