शोरुम आइपुग्यो प्रोटोन ईमास५, छिट्टै लन्च हुने
काठमाडौं–प्रोटोनको वहुप्रतिक्षित विद्युतिय कार ईमास५ शोरुममा आइपुगेको छ...
काठमाडौं–चीनको सबैभन्दा बढी रुचाइएको र तीव्र रूपमा बजार विस्तार गरिरहेको अटोमोबाइल ब्रान्डमध्ये एक जेटोरले छिमेकी मुलुक पाकिस्तानमा ऐतिहासिक सफलता हासिल गरेको छ ।
नयाँ जेटोर टी२ आई–डीएम सार्वजनिक गरेसँगै कम्पनीले दक्षिण एसियाली अटोमोबाइल बजारमा नयाँ तरंग पैदा गरेको हो ।
पाकिस्तानी बजारमा बुकिङ खुलाएको केही दिनभित्रै यस एसयूभीका लागि एक हजार भन्दा बढी अर्डर प्राप्त भएको जेटोरले जनाएको छ । यो बुकिङ संख्यालाई दक्षिण एसियाली बजारमा चिनियाँ आधुनिक एसयूभीप्रतिको बलियो आकर्षण र सोचेभन्दा उच्च मागका रूपमा हेरिएको छ ।
यो मोडलमा प्रयोग गरिएको अत्याधुनिक प्लग–इन हाइब्रिड प्रविधि, दमदार र मस्कुलर एसयूभी डिजाइन तथा प्रिमियम फिचरहरू नै ग्राहक तान्न सफल हुनुको मुख्य कारण मानिएको छ ।
यसमा रहेको विशेष चेसिस र ड्राइभिङ मोडहरूले कठिन सडकहरूमा पनि उत्कृष्ट प्रदर्शन दिने दाबी गरिएको छ । इन्धनको बचत र उत्कृष्ट माइलेजका लागि यसको प्लग–इन हाइब्रिड इन्जिन निकै प्रभावकारी मानिएको छ ।साथै, यसको भित्री बनावट र इन्फोटेनमेन्ट सिस्टमले विलासी गाडीको झल्को दिन्छ ।
नेपाली बजारमा पनि चिनियाँ गाडीहरूको लोकप्रियता बढिरहेको परिप्रेक्ष्यमा, छिमेकी देशमा जेटोरले पाएको यो सफलतालाई निकै चासोका साथ हेरिएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...