पाकिस्तानमा जेटोर टी२ को उच्च माग, बुकिङ खुलेको केहि दिनमै १ हजार भन्दा बढि अर्डर
काठमाडौं–चीनको सबैभन्दा बढी रुचाइएको र तीव्र रूपमा बजार विस्तार गरिरहेको...
काठमाडौं–प्रोटोनको वहुप्रतिक्षित विद्युतिय कार ईमास५ शोरुममा आइपुगेको छ । प्रोटोनको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले नक्सालस्थित शोरुममा ईमास५ लाई शोकेस गरेको हो ।
अवको केहि दिनमै लन्च हुने तयारी भइरहेको यस ईभीको हालै बुकिङ खुला गरिएको थियो । कम्पनीले यसको मूल्य भने सार्बजनिक गरिसकेको छैन ।
ईमास५ ३०.१२ किलोवाट आवर र ४०.१६ किलोवाट आवरको दुई ब्याट्री प्याकमा उपलब्ध हुने कम्पनी स्रोतले बताएको छ । जसले एकपटकको फुलचार्जमा क्रमशः २२५ किमी र ३२५ किमी रेन्ज दिने दाबी गरिएको छ ।

यस कारको इन्टेरियरमा १४.६ इन्चको स्क्रिन, ८.८ इन्चको इन्स्ट्रुमेन्ट क्लष्टर, मल्टिफंशनल स्टेरिङ ह्वील, ५० वाटको वायरलेस चार्जर, एम्बियन्ट लाइट र किलेस इन्ट्री लगायत फिचर पाउन सकिन्छ । सुरक्षाका लागि कारमा ६ वटा एयरब्याग, एडास फिचर र ३६० डिग्री क्यामेरा राखिएका छन् ।
ईमास५ विश्वका अग्रणी अटो निर्मातामध्ये एक तथा विद्युतीय सवारी प्रविधिमा अग्रणी जिलीसँगको प्रोटोनको रणनीतिक सहकार्यमा उत्पाद गरिएको कार हो । यस कराले मलेसियाको प्रतिष्ठित एलायन्ज डीएसएफ भेहिकल अफ द इयर अवार्डमा ‘इलेक्ट्रिक कम्प्याक्ट भेहिकल अफ द इयर, २०२६’ उपाधि प्राप्त गरिसकेको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...