चितवन र बुटवलमा सेगवेको नयाँ शोरुम विस्तार
काठमाडौं– सेगवे नाइनबोटको नेपालका लागि आधिकारिक वितरक आई हब प्रालिले...
काठमाडौं – चिनियाँ बजारमा ‘ए१०’ नामबाट चिनिने लिपमोटर बी०३ नेपालमा समेत उपलब्ध हुने भएको छ । नेपाल लगायतका अन्तर्राष्ट्रिय बजारमा लिपमोटर बी०३ नामबाट चिनिने सो इलेक्ट्रिक एसयूभीलाई दैनिक उपयोगिता र आधुनिक इलेक्ट्रिक कार्यक्षमताको उत्कृष्ट संयोजन गर्ने गरी डिजाइन गरिएको छ ।
पहिलो पटक ग्वान्झाउ अटो शोमा सार्वजनिक गरिएको यो गाडी नेक्स्ट जेनेरेसन आर्किटेक्चरमा आधारित छ, जसमा १०० किलोवाट पिक मोटरद्वारा सञ्चालित फ्रन्ट–ह्विल–ड्राइभ प्रणाली रहेको छ, जसले २०० एनएम टर्क उत्पन्न गर्दछ । यस गाडीमा १८ इन्चको अलोय ह्विल तथा १४.६ इन्चको २.५ के एचडी टचस्क्रिन, लेभल २ एडास ड्राइभर असिस्टेन्स र ५१० लिटरको फराकिलो बुट स्पेस जस्ता प्रिमियम सुविधाहरू रहेका छन् ।
नेपालका लागि लिपमोटर गाडीको आधिकारिक वितरक सांग्रिला मोटर्स प्रालिले पहिलो लिपमोटर बी०३ चीनबाट आधिकारिक रूपमा प्रस्थान गरिसकेको र नेपालतर्फ आउने क्रममा रहेको पुष्टि गरेको छ । यो मोडल दुईवटा भेरिएन्टमा उपलब्ध हुने अपेक्षा गरिएको छ, जसमा फरक–फरक ब्याट्री क्षमता र सुविधाहरूमा केही भिन्नता हुनेछन् ।
बी०३ को चिनियाँ संस्करण ‘ए१०’ ले चीनमा अत्यधिक सकारात्मक प्रतिक्रिया पाएको छ, जसका कारण यस वर्षको जुन महिनामा मात्र ब्रान्डको बिक्री संख्या कीर्तिमानी ९३ हजार ३७६ युनिट पुगेको छ । यो गाडी नेपालको किफायती एसयूभी क्षेत्रमा पनि एक बलियो प्रतिस्पर्धी बन्ने अपेक्षा गरिएको छ ।
लिपमोटर स्टेलान्टिस संयुक्त उद्यमद्वारा समर्थित विश्वप्रसिद्ध ईभी ब्रान्ड हो, जसको मातहतमा मसेराटी, जिप, प्युजो लगायत १४ वटा अग्रणी अटोमोबाइल ब्रान्डहरू रहेका छन् । चीनको अग्रणी ईभी स्टार्टअपका रूपमा बलियो बजार हिस्सा ओगट्न सफल लिपमोटरको यो सफलता यसको १५ लाखभन्दा बढी विश्वव्यापी बिक्री गाडीहरूले प्रमाणित गर्दछ ।
विश्वका ४० भन्दा बढी देशहरूमा फैलिएको १ हजार ७०० भन्दा बढी सेल्स तथा सर्भिस सेन्टरहरूको वृहत् नेटवर्कका कारण लिपमोटरका ग्राहकहरूले सदैव ढुक्क भई यात्रा गर्न सक्नेछन् ।
काठमाडौं– सेगवे नाइनबोटको नेपालका लागि आधिकारिक वितरक आई हब प्रालिले...
बजाज अटोले कस्मेटिक परिवर्तन र मेकानिकल अपडेटसहित चेतक इलेक्ट्रिक स्कुटर...
चांगन अटोको हालै सम्पन्न विश्वव्यापी साझेदारी सम्मेलनमा नयाँ उर्जा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...