एयरब्याग कसरी र कहिले सक्रिय हुन्छन् ? यस्तो छ आधुनिक ईभीमा हुने सुरक्षा सम्बन्धी संयन्त्र
कुनै पनि सवारी साधनमा हुने एयरब्यागले सुरक्षाका लागि महत्वपूर्ण भूमिका...
काठमाडौं–नेपालको विद्युतीय सवारी बजारमा नयाँ विकल्पका रूपमा विश्वस्तरीय अवार्ड–विजेता प्रोटोन ईमास५ छिट्टै सार्वजनिक हुने भएको छ । पूर्ण रूपमा विद्युतीय यो कम्प्याक्ट एसयूभीले आधुनिक प्रविधि, स्मार्ट सुविधा तथा विश्वस्तरमा प्रमाणित गुणस्तरमार्फत नेपाली ग्राहकलाई उत्कृष्ट सवारी अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ ।
पूर्ण रूपमा विद्युतीय कम्प्याक्ट एसयूभीका रूपमा विकसित ईमास५ आधुनिक चालकहरूको बदलिँदो आवश्यकता मध्यनजर गर्दै तयार गरिएको हो । विश्वका अग्रणी अटो निर्मातामध्ये एक तथा विद्युतीय सवारी प्रविधिमा अग्रणी जिलीसँगको प्रोटोनको रणनीतिक सहकार्यमा विकसित यस सवारीमा विश्वस्तरमा प्रमाणित प्रविधिको प्रयोग गरिएको छ । स्मार्ट प्रविधि, सहज सञ्चालन तथा भरपर्दो कार्यसम्पादनका माध्यमबाट यसले उत्कृष्ट सवारी अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ ।
अन्तर्राष्ट्रिय स्तरमा समेत चर्चा बटुल्न सफल प्रोटोन ईमास५ ले मलेसियाको प्रतिष्ठित एलायन्ज डीएसएफ भेहिकल अफ द इयर अवार्डमा ‘इलेक्ट्रिक कम्प्याक्ट भेहिकल अफ द इयर, २०२६’ उपाधि प्राप्त गरिसकेको छ । आधुनिक डिजाइन, उन्नत विद्युतीय प्रविधि, आरामदायी सुविधा तथा दैनिक प्रयोगका लागि उपयुक्त विशेषताका आधारमा उक्त सम्मान प्रदान गरिएको हो ।
आधुनिक जीवनशैलीलाई ध्यानमा राखेर डिजाइन गरिएको इमास५ मा सामान व्यवस्थापनका लागि तीनवटा स्मार्ट स्टोरेज सुविधा उपलब्ध छन् । यसमा ७० लिटर क्षमताको अगाडिको स्टोरेज, आफ्नो वर्गमै विशेष २८ लिटर क्षमताको सिटमुनिको स्टोरेज तथा २० लिटर क्षमताको सेन्टर कन्सोलमुनिको स्टोरेज समावेश गरिएको छ । यी सुविधाले दैनिक प्रयोगका आवश्यक सामग्री व्यवस्थित रूपमा राख्न तथा गाडीभित्रको स्थानको प्रभावकारी उपयोग गर्न सहयोग गर्ने कम्पनीले जनाएको छ ।
जगदम्बा मोटर्सका अनुसार प्रोटोन ईमास५ ले नेपालमा विश्वस्तरमा प्रमाणित विद्युतीय सवारी उपलब्ध गराउने प्रोटोनको प्रतिबद्धतालाई थप सुदृढ बनाउनेछ । जिलीको उन्नत विद्युतीय सवारी प्रविधि र प्रोटोनको विश्वसनीय इन्जिनियरिङको संयोजनमा विकसित यो अवार्ड विजेता सवारीले नेपाली ग्राहकलाई नवीन प्रविधि, व्यवहारिकता, सुरक्षा तथा उत्कृष्ट मूल्य–प्रतिफल प्रदान गर्ने कम्पनीको विश्वास छ ।
कुनै पनि सवारी साधनमा हुने एयरब्यागले सुरक्षाका लागि महत्वपूर्ण भूमिका...
चिनियाँ अटो निर्माता जीएसीले हालै सम्पन्न सांघाई मोटर शोमा आफ्नो नयाँ...
अमेरिकाको पर्ड्यू विश्वविद्यालयका इन्जिनियरहरूले इन्जिन निर्माता...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...