लन्डन डिजाइन अवार्डमा ओरा५ लाई ‘डिजाइन अफ द इयर’ उपाधि, नेपालमा पनि देखियो क्रेज

काठमाडौँ–नेपालमा सार्वजनिक भएको एक सातामै बजारमा बलियो छाप छोड्न सफल जीडब्लूएमको नयाँ विद्युतीय एसयूभी ओरा५ ले अन्तर्राष्ट्रिय मञ्चमा ठुलो सफलता हासिल गरेको छ ।

ओरा५ ले प्रतिष्ठित २०२५ लन्डन डिजाइन अवार्ड अन्तर्गत प्रोडक्ट डिजाइन (अटोमोबाइल्स/भेहिकल्स) विधामा ‘डिजाइन अफ द इयर’ को उपाधि जितेको हो ।

यस सम्मानले ओरा५ को आकर्षक बाह्य बनावट मात्र नभई, जीडब्लूएमको अत्याधुनिक प्रविधि, प्रयोगकर्ता–केन्द्रित सोच र स्मार्ट गतिशीलताप्रतिको दृष्टिकोणलाई समेत विश्वस्तरमा स्थापित गरेको छ ।

‘प्रकृतिबाट प्रेरित, सहरका लागि निर्मित’ भन्ने मूल सोचका साथ तयार पारिएको ओरा५ को डिजाइन जैविक प्रेरणामा आधारित छ । यसमा आकर्षक वक्राकार संरचना र पानीको थोपा शैलीका अगाडिका बत्ती जडान गरिएका छन्, जसले आधुनिक सौन्दर्य र प्रविधिको उत्कृष्ट संयोजन प्रस्तुत गर्दछ ।

एकपटकको पूर्ण चार्जमा ५२० किलोमिटरसम्मको रेन्ज प्रदान गर्ने ओरा५ मा नेपाली सडकलाई सुहाउँदो २०० मिलिमिटरको उत्कृष्ट ग्राउन्ड क्लियरेन्स दिइएको छ ।

कारमा कफी पाइलट अल्ट्रा इन्टेलिजेन्ट ड्राइभिङ प्रणाली र कफी ओएस३ स्मार्ट ककपिट पाउन सकिन्छ । २० भन्दा बढी उन्नत चालक सहायता प्रणाली (एडास), ३६० डिग्री क्यामेरा र १८० डिग्री च्यासिस दृश्य क्यामेरा, सेल्फ–हिलिङ पेन्ट, प्यानोरामिक मुनरुफ र प्रिमियम इन्टेरियर यसका प्रमुख विशेषता हुन् ।

सुरक्षालाई उच्च प्राथमिकता दिँदै ओरा५ मा उच्च स्ट्रेन्थ स्टिल संरचना र ७ वटा एयरब्याग राखिएका छन् । यस मोडेलले अन्तर्राष्ट्रिय स्तरका कडा सुरक्षा मूल्याङ्कनहरु एएनक्याप यूरो एनक्याप दुवैमा फाइभ–स्टार रेटिङ प्राप्त गरेको छ ।

नेपाली बजारमा आकर्षण र मूल्य
नेपाली अटोमोबाइल बजार र सामाजिक सञ्जालमा व्यापक चर्चा बटुलिरहेको यस प्रिमियम ईभीको प्रारम्भिक मूल्य ४६ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ । ग्राहक, अटो पारखी तथा उद्योगीहरूबाट प्राप्त सकारात्मक प्रतिक्रियाले यसलाई नेपालको बहुप्रतीक्षित मोडेलका रूपमा स्थापित गरेको जीडब्लूएमको नेपालका लागि आधिकारिक वितरक भीजी इम्पेक्सको भनाई छ ।

कम्पनीले निकट भविष्यमै हाभल जोलियन म्याक्स ईभी र हाभल एच७ समेत नेपाली बजारमा सार्वजनिक गर्ने तयारी गरेको छ । यी नयाँ मोडेलहरूको आगमनसँगै जीडब्लूएमले नेपालमा आफ्नो विद्युतीय तथा स्मार्ट एसयूभी पोर्टफोलियोलाई अझ सशक्त बनाउने विश्वास लिएको छ ।

सम्बन्धित समाचारहरू

पहिलो हाई-भोल्टेज इलेक्ट्रिक बाइक लन्च, फुल चार्जमा २०० किमी रेन्ज दिने, ईभी चार्जर प्रयोग गर्न सकिने

पहिलो हाई-भोल्टेज इलेक्ट्रिक बाइक लन्च, फुल चार्जमा २०० किमी रेन्ज दिने, ईभी चार्जर प्रयोग गर्न सकिने

इलेक्ट्रिक सवारी साधन स्टार्टअप र्‍याप्टी डट एचभीले भारतमा आफ्नो पहिलो...

नेपाल आउदै गरेको प्रिमियम ईभी अवतार ११ मा यस्ता छन् विशेषता, मूल्य कति ?

नेपाल आउदै गरेको प्रिमियम ईभी अवतार ११ मा यस्ता छन् विशेषता, मूल्य कति ?

काठमाडौं – नेपाली बजारमा नयाँ प्रिमियम ईभी ब्रान्ड अवतार आउने भएको छ ।...

बीवाईडी बन्यो विश्वकै पहिलो ठूलो इलेक्ट्रिक कार निर्माता कम्पनी, पछि प-यो टेस्ला

बीवाईडी बन्यो विश्वकै पहिलो ठूलो इलेक्ट्रिक कार निर्माता कम्पनी, पछि प-यो टेस्ला

एलन मस्कको विश्व प्रसिद्ध कार निर्माता कम्पनी टेस्ला इलेक्ट्रिक कार...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...