महाराजगञ्जमा खुल्यो दिपलको नयाँ शोरुम, काठमाडौंमा उपस्थिति बलियो बनाउँदै

काठमाडौं – नेपालका लागि फ्युचरिस्टिक र इन्टेलिजेन्ट ईभी ब्रान्ड दिपलको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले महाराजगञ्जमा नयाँ स्टेट अफ आर्ट शोरुम उद्घाटन गरेर काठमाडौंमा आफ्नो उपस्थितिलाई अझ बलियो बनाएको छ । एमएडब्लुले एपोलो मोटर्सलाई आफ्नो नयाँ डिलरका रुपमा नियुक्त गर्दै नेपाली उपभोक्तामाझ सहज ढंगले विश्वस्तरीय ईभी पु¥याउने उद्देश्यमा महत्वपूर्ण उपलब्धि हासिल गरेको हो ।

दिपलको नयाँ शोरुमको उद्घाटन दिपलका ब्रान्ड एम्बेसडर पारस खड्का, एमएडब्लु वृद्धिका अध्यक्ष विष्णु अग्रवाल, नेपाल रिपब्लिक मिडियाका संस्थापक विनोदराज ज्ञवाली र एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारियाले संयुक्त रुपमा गरे ।

‘नेपाली ईभी बजार एउटा रोमाञ्चक मोडमा आइपुगेको छ, र दिपलले यो रुपान्तरणको नेतृत्व गरिरहेको छ,’ उद्घाटन कार्यक्रममा बोल्दै एमएडब्लु वृद्धिका अध्यक्ष विष्णु अग्रवालले भने, ‘दिपलमा एउटा लिगेसी ब्रान्ड बन्ने सबै सम्भावनाहरु छन् र एमएडब्लु यो ब्रान्डलाई दशकौंसम्म टिक्ने लिगेसी ब्रान्डका रुपमा स्थापित गर्न प्रतिबद्ध छ ।’ उनले दिपलको मागलाई पूरा गर्न विभिन्न सहरमा शोरुम र सर्भिस सेन्टर विस्तार गर्ने एमएडब्लुको उद्देश्यबारे पनि जानकारी गराए ।

उद्घाटन समारोहमा फ्युचरिस्टिक आयाम थप्दै अत्याधुनिक ह्युमनोइड रोबोट र रोबोट डगलाई प्रदर्शनीमा राखिएको थियो जसले उपस्थित अतिथिलाई कृत्रिम बौद्धिकता र स्वचालनमा चांगानको दूरदर्शी दृष्टिकोणको प्रत्यक्ष अनुभव दिलाएको कम्पनीको भनाइ छ ।

कार्यक्रममा एपोलो मोटर्सका निर्देशक सुयाश ज्ञवालीले दिपलको काठमाडौंको अधिकृत डिलर बन्न पाउँदा हर्षित भएको बताए । ‘यो एउटा कार शोरुममात्र होइन यो दिपलका आकांक्षित ईभी मोडलहरुको वास्तविक अनुभव गर्ने एउटा गन्तव्य पनि हो,’ उनले भने ।

उद्घाटनकै दिन २० जना ग्राहकलाई दिपल ईभी डेलिभरी गरिएको थियो । कार्यक्रमका दिपलका ब्रान्ड एम्बेसडर पारस खड्का, एमएडब्लु वृद्धिका अध्यक्ष विष्णु अग्रवाल र नेपाल रिपब्लिक मिडियाका संस्थापक विनोदराज ज्ञवालीले नयाँ ग्राहकलाई चाबी हस्तान्तरण गरेका थिए ।

सम्बन्धित समाचारहरू

कोमाकी रेन्जर इलेक्ट्रिक क्रुजर बाइकको डेलिभरी

कोमाकी रेन्जर इलेक्ट्रिक क्रुजर बाइकको डेलिभरी

काठमाडौं – नेपाली बजारमा हालै भित्रिएको भारतीय कम्पनी कोमाकीको क्रुजर...

फर्केर हेर्दा २०२४ : ७ करोड पर्ने बीएमडब्लु एक्स७ सहित करोड माथिका ८ नयाँ ईभी भित्रिए नेपाल

फर्केर हेर्दा २०२४ : ७ करोड पर्ने बीएमडब्लु एक्स७ सहित करोड माथिका ८ नयाँ ईभी भित्रिए नेपाल

काठमाडौं– वर्ष २०२४ पुरै ईभीमय बनेर बिदा भएको छ । यसवर्ष नेपाली बजारमा डेढ...

भोलि शाओमीको पहिलो इलेक्ट्रिक कार लन्च हुने, मूल्य करोडमा

भोलि शाओमीको पहिलो इलेक्ट्रिक कार लन्च हुने, मूल्य करोडमा

चिनियाँ टेक कम्पनी शाओमीले आफ्नो पहिलो इलेक्ट्रिक कार एसयू७ भोलि अर्थात...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...