बालकुमारीमा एमएडब्लु वृद्धिको अत्याधुनिक ईभी वर्कसप : दीपल, नामी र सेरेसका ग्राहकले विश्वस्तरीय सेवा पाउने

काठमाडौँ–दीपल, नामी र सेरेस ईभीको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु वृद्धिले ललितपुरको बालकुमारीमा आफ्नो नयाँ अत्याधुनिक ‘ईभी वर्कसप’ सञ्चालनमा ल्याएको छ ।

नयाँ वर्कसपको उद्घाटन एमएडब्लु ग्रुपकी अध्यक्ष शान्तिदेवी अग्रवाल, एमएडब्लु वृद्धिका अध्यक्ष विष्णु कुमार अग्रवाल, डोङफेङ मोटर्सका दक्षिण एसिया क्षेत्रकी विक्री निर्देशक हे जिसिन, डोङफेङ मोर्टसका क्षेत्रीय सर्भिस म्यानेजर लि सिनचुंग तथा एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारियाले संयुक्त रूपमा गरेका हुन् ।

कम्पनीका अनुसार, यो इभी वर्कसप केवल एउटा साधारण सर्भिस सेन्टर मात्र नभई कम्पनीको मूलमन्त्र ‘प्रतिबद्धता, विश्वास र उत्कृष्टता’ को जीवन्त अभिव्यक्ति हो । यस वर्कसपमार्फत दीपल, नामी र सेरेसका ग्राहकहरूले विश्वस्तरीय र प्रिमियम ओनरशिप एक्सपेरिएन्सको अनुभव पाउने कम्पनीले दाबी गरेको छ ।

१५ हजार वर्गमिटरमा फैलिएको यस वर्कशपमा गाडीहरूलाई छिटो र छरितो ढङ्गले मर्मत सम्भार गर्न विशेष ९ वटा सर्भिस वेको व्यवस्था मिलाइएको छ । साथै, २४ जना सर्टिफाइड इभी टेक्निसियनहरूले दैनिक ३६ भन्दा बढी गाडीहरूको गुणस्तरीय सर्भिसिङ गर्ने जनाइएको छ ।

सर्भिस सेन्टरमा ब्याट्रीको स्वास्थ्य र क्षमता जाँच्नका लागि अत्याधुनिक ‘इभी ब्याट्री डायग्नोस्टिक सिस्टम’ जडान गरिएको छ । प्राविधिकहरूको निरन्तर क्षमता विकासका लागि एउटा छुट्टै ट्रेनिङ रुम र स्पेयर पाट्र्सको विशाल भण्डार तथा ग्राहकहरूको आराम र सहजताका लागि व्यवस्थित प्रतिक्षालय समेत ब्यवस्था गरिएको छ ।

ग्राहकको व्यस्त समय र सहजतालाई ध्यानमा राख्दै यो अत्याधुनिक सर्भिस सेन्टरमा पिकअप एन्ड ड्रप अफ, फास्ट ट्रयाक सर्भिस, २४/७ ब्रेक डाउन असिस्टेन्स, डेडिकेटेड सर्भिस हटलाइन लगायत सुबिधाहरु उपलब्ध हुनेछन् ।

सम्बन्धित समाचारहरू

७ करोड मूल्यको नेपालकै सबैभन्दा महँगो लक्जरी गाडी बीएमडब्ल्यु एक्स७ एक्सड्राइभ ४०आई एक हप्तामै बिक्री

७ करोड मूल्यको नेपालकै सबैभन्दा महँगो लक्जरी गाडी बीएमडब्ल्यु एक्स७ एक्सड्राइभ ४०आई एक हप्तामै बिक्री

बीएमडब्ल्युको नेपालका लागि आधिकारिक आयातकर्ता र डिलर लक्ष्मी प्रिमियम...

बैंकको कर्जामा रमाइरहेका ईभी व्यवसायी, भन्छन् – बैंकको किस्ता तिर्न कुनै समस्या छैन

बैंकको कर्जामा रमाइरहेका ईभी व्यवसायी, भन्छन् – बैंकको किस्ता तिर्न कुनै समस्या छैन

समयको क्रमसँगै व्यवसायीहरू पनि लगानीका लागि एकपछि अर्को माध्यमको खोजीमा...

सेरेस–३ को डेलिभरी सुरु

सेरेस–३ को डेलिभरी सुरु

काठमाडौं– एमएडब्लु बृद्धी अटोकर्पले सेरेस–३ को औपचारिक डेलिभरी सुरु...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...