आजबाट धनतेरस टाटा उत्सव, आकर्षक अफरका साथ सुनको असर्फी जित्ने सुनौलो मौका
काठमाडौं – टाटा मोटर्सका लागि नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...
काठमाडौं – प्रोटोनको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले विश्वकप फुटबललाई लक्षित गरी ‘गेम अफ गोल्स’ नामक अफर सञ्चालन गरेको छ ।
हाल विश्वकप फुटबलको प्रत्यक्ष प्रसारण गराइरहेको हिमालय टीभीमा आउने फुटबल सम्बन्धी कार्यक्रम ‘फुटबल २६’ को ‘इन एसोसिएसन विथ’ पार्टनर प्रोटोन हो ।
प्रोटोन गाडी टेस्ट ड्राइभ गर्ने र बुकिङ गर्ने ग्राहकहरुले नेपाल आउने भारतका राष्ट्रिय खेलाडीका साथै नेपाल र अन्य देशका चर्चित फुटबल खेलाडीहरुले हस्ताक्षर गरेको बल प्राप्त गर्नेछन् । त्यसैगरी फुटबल हेर्नका लागि प्रयोगमा रहेको ‘डिगो’ एपको सब्स्क्रिप्सन समेत प्राप्त गर्नेछन् ।
नेपालमा हाल प्रोटोनको ईमास ७ गाडी उपलब्ध छ । यसको प्राइम र प्रिमियम गरी दुई भेरिएन्ट उपलब्ध छ । यसको मूल्य क्रमशः ४६ लाख ९९ हजार र ६७ लाख ९९ हजार रुपैयाँ छ ।
जगदम्बा मोटर्सले अबको केही समय पश्चात नेपाली बजारमा प्रोटोन ईमास ५ ईभी समेत भित्र्याउने तयारी गरिरहेको छ । जगदम्बा मोटर्सका अनुसार, नेपालमा प्रोटोन ईमास७ ले प्राप्त गरेको प्रतिक्रिया अत्यन्त उत्साहजनक रहेको छ । यसले नेपाली उपभोक्ता विद्युतीय सवारीतर्फ आकर्षित भइसकेका छन् र गुणस्तरीय विकल्पको खोजीमा रहेको स्पष्ट संकेत दिएको छ । आगामी योजनाहरूलाई लिएर कम्पनी निकै उत्साहित रहेको छ ।
सन् २०२६ मा मलेसियाको सर्वाधिक बिक्री भएको विद्युतीय सवारी बनेको ईमास५ शहरी जीवनशैली र नयाँ पुस्ताको गतिशीलतालाई ध्यानमा राखेर विकास गरिएको मोडल हो । यो गाडीले प्रोटोनको अत्याधुनिक विद्युतीय सवारी प्रविधिलाई नेपाली उपभोक्तामाझ अझ व्यापक बनाउने अपेक्षा गरिएको छ ।
काठमाडौं – टाटा मोटर्सका लागि नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...
गत साल भन्दा पहिले सम्म इलेक्ट्रिक गाडीमा १० प्रतिशत मात्र भन्सार शुल्क...
हाल नेपालमा बिजुली गाडीको आयात तथा बिक्री संख्या पेट्रोल डिजेल गाडीको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...