याडिया ओविन इलेक्ट्रिक स्कुटर नेपालमा सार्वजनिक, दशै विशेष मूल्य २ लाख १० हजार
काठमाडौं – नेपालका लागि याडियाको आधिकारिक वितरक कुजु नेपाल प्रालिले...
विश्वको सबैभन्दा ठूलो ब्याट्री निर्माता कम्पनी कन्टेम्पोररी एम्पेरेक्स टेक्नोलोजी कम्पनी लिमिटेड (सीएटीएल)ले ईभी क्रान्तिको वास्तविक कमाइ गाडी बनाएर मात्र होइन, तिनलाई शक्ति दिएर हुन्छ भन्ने कुरा प्रमाणित गरिदिएको छ । हालै सार्बजनिक भएको एक वित्तीय रिपोर्ट अनुसार, सीएटीएलले २०२६ को पहिलो त्रैमासिकमा २०.७ अर्ब युआन (४३.०६ अर्ब अमेरिकी डलर) खुद नाफा कमाएको छ ।
सबैभन्दा अचम्मको कुरा त के छ भने, सीएटीएल एक्लैको यो एक त्रैमासिकको कमाइ चीनका ७ ठूला र स्थापित कार निर्माता कम्पनी बीवाईडी, जिली र चेरी लगायतको संयुक्त खुद नाफाभन्दा पनि बढी हो । चीनका कार निर्माता कम्पनीहरू यतिबेला बजारको तीव्र प्रतिस्पर्धा र घट्दो नाफाको मार्जिनसँग संघर्ष गरिरहेको बेला सीएटीएलले भने विशाल आम्दानी आर्जन गर्न सफल भएको हो ।
चीनका शीर्ष ७ कार निर्माताहरूको पहिलो त्रैमासिकको कुल संयुक्त खुद नाफा लगभग १७.५ अर्ब युआन (४२.५९ अर्ब अमेरिकी डलर) रह्यो—जुन सीएटीएल एक्लैको कमाइभन्दा करिब ३.२ अर्ब युआन कम हो ।
सरकारी अनुदान कटौतीका कारण समग्र ईभी बजारमा केही सुस्तता देखिएको अवस्थामा पनि सीएटीएललाई भने कुनै असर परेको देखिँदैन। चाइना ईभी डाटाट्र्याकरका अनुसार,कम्पनीले पहिलो त्रैमासिकमा मात्रै ५९.५२ गिगावाट आवर क्षमताका ब्याट्रीहरू जडान गरेर विश्व ईभी बजारको हिस्सा आफ्नो कब्जामा राखेको छ, जुन कुल खपतको ४६.४% प्रतशित हुन आउँछ ।
सीएटीएलले गत वर्षको तुलनामा ३.४७% को वृद्धि हासिल गर्दै यस त्रैमासिकमा कम्पनीको कुल राजस्व १२९.१३ अर्ब युआन (४१७.९ अर्ब अमेरिकी डलर) पुर्याएको छ । कम्पनीले आर्जन गरेको सो राजश्व ईभी बजारका उदाउँदा कम्पनीहरु एलआई अटो, निओ र एक्सपेङले सन् २०२५ मा कमाएको संयुक्त राजश्क भन्दा बढि हो ।
काठमाडौं – नेपालका लागि याडियाको आधिकारिक वितरक कुजु नेपाल प्रालिले...
काठमाडौं – भाटभटेनीले नक्सालस्थित भाटभटेनी सुपर स्टोरमा निजी प्रयोजनका...
काठमाडौं – नेपाली बजारमा भारतीय इलेक्ट्रिक स्कुटर ब्रान्ड प्योर ईभीको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...