‘ग्यारेज चौतारी’ मार्फत देशभरका मेकानिक र ग्यारेज व्यवसायीलाई जोड्दै लक्ष्मी ल्युब आयल

काठमाडौं–समयको परिवर्तनसँगै सडक र सवारीसाधन बदलिए पनि मानिसहरूलाई जोड्ने चौतारीको परम्परागत भावनालाई जीवित राख्दै लक्ष्मी ल्युब आयल प्रालिले ‘ग्यारेज चौतारी’ अभियानलाई तीव्र पारेको छ ।

नेपालको रैथाने ‘पीपल चौतारी’ जस्तै देशभरका ग्यारेज व्यवसायी, मेकानिक र अटोमोबाइल क्षेत्रका व्यक्तिहरूलाई एउटै थलोमा ल्याएर अनुभव, ज्ञान र व्यावसायिक अवसर साटासाट गराउने उद्देश्यले यो अभियान सञ्चालन गरिएको हो ।

अभियान अन्तर्गत हालसम्म नेपालका विभिन्न स्थानहरूमा १० भन्दा बढी कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न भइसकेको कम्पनी भनाई छ ।

अभियानअन्तर्गत मे महिनामा जनकपुरस्थित ओम अटो पार्ट्स, बुटवलको विजय अटो वर्कशप, टिकापुरको सेती मोटरसाइकल वर्कशप, पोखराको निहाल अटो इन्जिनियरिङ र थ्री ब्रदर्स अटो इन्जिनियरिङ तथा काठमाडौंको प्रकाश न्यू जेनेरेसनमा कार्यक्रम सम्पन्न भइसकेका छन् ।

त्यसैगरी, जुन महिनामा पोखरास्थित क्रिष्टिना एस अटो पार्ट्स र एड्भान्स अटो वर्कशप, नुवाकोटको पञ्चकन्या स्पेयर पार्ट्स र काठमाडौं पुतलीसडकको पीएम अटोमोबाइल्समा यो कार्यक्रम भव्यताका साथ आयोजना गरिएको हो ।

लक्ष्मी ल्युब आयलले यस अभियानलाई केवल एउटा औपचारिक कार्यक्रममा मात्र सीमित नराखी देशभरका अटोमोबाइल व्यवसायीलाई जोड्ने एक दीर्घकालीन अभियानको रूपमा अघि बढाएको छ । आगामी दिनमा नेपालका हरेक सहर, गाउँ र टोलसम्म ‘ग्यारेज चौतारी’ पु-याउने कम्पनीको लक्ष्य छ ।

सम्बन्धित समाचारहरू

स्मार्ट लुब्रिकेन्टसको पहिलो डिलर सम्मेलन ईलामको कन्याममा सम्पन्न

स्मार्ट लुब्रिकेन्टसको पहिलो डिलर सम्मेलन ईलामको कन्याममा सम्पन्न

स्वदेशी लुव्रिकेन्ट्स व्रान्ड स्मार्टले आफ्नो पहिलो डिलर सम्मेलन इलामको...

अत्तरखेल युवा समाजलाई सुरक्षा लुब्रिकेन्टको प्रायोजन

अत्तरखेल युवा समाजलाई सुरक्षा लुब्रिकेन्टको प्रायोजन

काठमाडौं – काठमाडौंको गोकर्णेश्वर नगरपालिकास्थित अत्तरखेल युवा समाजलाई...

भिडोल लुब्रिकेन्टको रिटेलर्स मिट सम्पन्न

भिडोल लुब्रिकेन्टको रिटेलर्स मिट सम्पन्न

काठमाडौं – भिडोल लुब्रिकेन्टको नेपालका लागि आधिकारिक वितरक भीजी ल्युब...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...