नयाँ जुपिटर ११० को टिजर सार्बजनिक, २ दिनपछि लन्च हुने
टिभिएसले अपडेटेड जुपिटर ११० को टिजर तस्बिर सामाजिक सञ्जालमा सेयर गरेको छ ।...
टीभीएस मोटरले नयाँ इतिहास रचेको छ। कम्पनीले आफ्ना लोकप्रिय विद्युतीय स्कुटर आइक्युब र अर्बिटरमार्फत संयुक्त रूपमा १० लाख युनिट बिक्री गरी इतिहास रचेको हो । सो उपलब्धिले टीभीएसलाई इलेक्ट्रिक सेगमेन्टमा सबैभन्दा तीव्र गतिमा विस्तार हुने ब्रान्डका रूपमा स्थापित गरेको छ।
कम्पनीले जनवरी २०२० मा आइक्युब मोडलमार्फत इलेक्ट्रिक स्कुटर बजारमा प्रवेश गरेको थियो। सो स्कुटरमा २.२ किलोवाट आवरदेखि ५ किलोवाट आवरभन्दा बढी क्षमताका ब्याट्री विकल्पमा उपलब्ध छ, जसले फुल चार्जमा १५० किलोमिटरभन्दा बढी दूरी पार गर्न सक्छ।
टीभीएसको इलेक्ट्रिक स्कुटर बिक्री पछिल्ला ३ वर्षमा अत्यन्त तीव्र गतिमा बढेको छ। कम्पनीलाई पहिलो १ लाख युनिट बिक्री गर्न ३ वर्षभन्दा बढी समय लागेको थियो। तर टीभीएस इलेक्ट्रिक स्कुटरको माग बढ्दै जाँदा २०२६ मार्च २८ देखि जुन १० सम्मको अवधिमा १ लाख युनिट बिक्री गर्न सफल भएको छ। यस हिसाबले कम्पनीले प्रतिदिन औसत १ हजार ३३३ स्कुटर बिक्री गरेको देखिन्छ।
सन् २०२६ को जनवरीदेखि जुनसम्मको अवधिमा मात्र कम्पनीले २ लाख १९ हजार २३२ स्कुटर बिक्री गरेको छ। त्यसमध्ये मे २०२६ कम्पनीका लागि सबैभन्दा सफल महिना बनेको थियो, जहाँ एकै महिनामा ५१ हजार ६०५ युनिट बिक्री भएका थिए। सो टीभीएसको इतिहासमै सबैभन्दा उच्च मासिक बिक्री हो।
टीभीएसको बजार हिस्सा पनि पछिल्ला वर्षहरूमा उल्लेखनीय रूपमा बढेको छ। सन् २०२० मा करिब १ प्रतिशत बजार हिस्साबाट यात्रा सुरु गरेको कम्पनीले २०२३ सम्म आइपुग्दा २० प्रतिशतभन्दा बढी बजार हिस्सा ओगट्न सफल भएको थियो। सन् २०२५ मा कम्पनीको वार्षिक बिक्री ३ लाख १५ हजार ८३ युनिट पुगेको थियो। टीभीएस अप्रिल २०२५ देखि भारतीय विद्युतीय दुईपाङ्ग्रे सवारीसाधन बजारको अग्रणी कम्पनी बनेको छ।
टिभिएसले अपडेटेड जुपिटर ११० को टिजर तस्बिर सामाजिक सञ्जालमा सेयर गरेको छ ।...
बजारमा तरलता अभावको समस्या चर्किन शुरु भएसंगै मोटरसाइकल तथा स्कुटरको...
टीभीएस मोटर्सको नेपालका लागि आधिकारिक बितरक जगदम्बा मोटर्स प्रालिले आज...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...