टिभिएसले ल्यायो जुपिटरको अपडेटेड भर्सन, स्मार्ट कनेक्ट र भ्वाइस एसिस्ट फिचर्स थप
टिभिएस मोटर्सले जुपिटर स्कुटरलाई अपडेट गरी २०२२ मोडल जेडएक्स लन्च गरेको छ...
काठमाडौं । नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले नेपालका लागि टीभीएसको ‘अल न्यु टीभीएस जुपिटर बीएस६’ स्कुटरमा नयाँ ग्राहक केन्द्रित योजना सार्वजनिक गरेको छ ।
दैनिक यात्रामा बढ्दो पेट्रोल खर्चलाई मध्यनजर गर्दै कम्पनीले ‘पेट्रोल टेन्सन? अब जुपिटर सोलुसन’ भन्ने नारासहित अभियान ल्याएको हो । यस योजनाअन्तर्गत टीभीएस जुपिटर खरिद गर्दा ग्राहकले ९ महिनासम्म निःशुल्क पेट्रोल सुविधा पाउनेछन् ।
कम्पनीका अनुसार उक्त स्कुटरले ६० किलोमिटर प्रतिलिटर सम्मको परीक्षण गरिएको माइलेज दिने भएकाले दैनिक प्रयोगका लागि किफायती विकल्प बन्ने विश्वास लिइएको छ ।
यससँगै ग्राहकको सहज पहुँचका लागि मासिक किस्ता (इएमआई) सुविधा पनि उपलब्ध गराइएको छ, जसअन्तर्गत केवल २,८९९ रुपैयाँ प्रतिमहिनाबाट स्कुटर खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।
अभियानबारे जगदम्बा मोटर्सका दीपक रौनियारले भने, ’हामीले सधैं नेपाली ग्राहकको आवश्यकतालाई ध्यानमा राख्दै भरपर्दो र किफायती मोबिलिटी समाधान ल्याउँदै आएका छौं । बढ्दो पेट्रोल खर्चका बीच जुपिटरले उत्कृष्ट माइलेज र सहज फाइनान्सिङमार्फत ग्राहकलाई राहत दिनेछ ।’
टीभीएस जुपिटर बीएस–६ स्कुटर आधुनिक नेपाली परिवार, कार्यालय जाने यात्रु तथा दैनिक कम्युटरका लागि उपयुक्त रहेको कम्पनीको दाबी छ। यसको स्टाइलिस डिजाइन, आरामदायी राइडिङ अनुभव, किफायती माइलेज र लाइफटाइम वारेन्टी जस्ता सुविधाले यसलाई दैनिक प्रयोगका लागि भरपर्दो विकल्प बनाएको छ।
यो अफर देशभर रहेका टीभीएसका आधिकारिक शोरुमहरूमा सीमित अवधिका लागि उपलब्ध रहने कम्पनीले जनाएको छ ।
टिभिएस मोटर्सले जुपिटर स्कुटरलाई अपडेट गरी २०२२ मोडल जेडएक्स लन्च गरेको छ...
काठमाडौँ– टिभिएसको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले आजदेखी...
काठमाडौं – टीभीएस मोटर कम्पनीले नयाँ स्कुटर टीभीएस एनटर्क १२५ रेस एक्सपी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...