सुर्खेतमा एथरको १६औँ एक्सपेरियन्स सेन्टर सञ्चालन
सुर्खेत – एथर नेपालले कर्णाली प्रदेशमा विद्युतीय सवारीसाधनको पहुँच...
काठमाडौं–एथर इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक वितरक वैद्य इनर्जिजले पहिलो पटक २०८ युनिट स्कुटर हस्तान्तरण गर्दै नयाँ किर्तिमान कायम गरेको छ ।
कम्पनीले लामो समयदेखि स्कुटर बुकिङ गरेर वसेका २०८ जना ग्राहकलाई एकैदिन स्कुटर हस्तान्तरण गरेको हो । देशभरका विभिन्न स्थानबाट आएका ग्राहकलाई एकसाथ स्कुटर हस्तान्तरण गरिएको हो । कम्पनीले एथर ४५० र रिज्टा इलेक्ट्रीक स्कुटर हस्तान्तरण गरेको हो ।
एकैदिन २०८ युनिट स्कुटर हस्तान्तरण गर्ने यो उपलब्धिले एथर नेपालको अग्रणी विद्युतीय स्कुटर ब्रान्डको रूपमा अझ सशक्त बनाएको कम्पनीले बताएको छ । बाँकी स्कुटर बुकिङ गरेर बसेका ग्राहकहरुलाई पनि छिट्टै हस्तान्तरण गरिने कम्पनीले जनाएको छ ।
पछिल्लो समय पेट्रोलको मूल्य बढेसँगै इलेक्ट्रीक स्कुटरप्रति ग्राहकको आकर्षण बढिरहेको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...