अपग्रेड भएर आउँदै जिली ईएक्स५, लिडार सेन्सर र थुप्रै नयाँ फिचर उपलब्ध हुने

काठमाडौं–जिली ईएक्स५ अपग्रेड भएर आउने भएको छ । कम्पनीले हालै यसको अपडेटेड संस्करणलाई चिनियाँ बजारमा बिक्री गर्न आवश्यक इजाजतपत्रका लागि दिएको निवेदनले कारमा धेरै फिचर अपग्रेड हुन लागेको खुलासा भएको हो ।

ईएक्स५ को नयाँ संस्करणमा लिडार सेन्सर र ११४ एचपी पावर थप हुने उल्लेख गरिएको छ । साथै, यस नयाँ संस्करणको डोर ह्यान्डलमा समेत परिवर्तन हुनेछ । हाल उपलब्ध लुकेको डोर ह्यान्डललाई परम्परागत ह्यान्डलले प्रतिस्थापन गर्ने जनाइएको छ ।

अपग्रेड गरिएको ईएक्स५ क्रसओभरमा थप आक्रामक बम्पर र एक्टिभ एयर इन्टेक उपलब्ध हुनेछ । नयाँ मोडलको छतमा लिडार सेन्सर राखिएको हुनेछ, जसले शहरी सडक र राजमार्गहरूमा नेभिगेट अन अटोपाइलट कार्य गर्न सक्षम जी–एएसडी जी–पाइलट एच५ असिस्टेड ड्राइभिङ सिस्टम सपोर्ट गर्दछ । नयाँ कारको अन्य हाइलाइटहरूमा अगाडिको फेन्डरहरूमा साइड क्यामेरा र रुफ स्पोइलरमा एकीकृत अतिरिक्त क्यामेरा समावेश हुनेछ ।

त्यसैगरी, सो नयाँ मोडलको चार्जिङ पोर्टलाई अगाडिको फेन्डरबाट पछाडि सारिनेछ । कार अव रियर ह्विल ड्राइभ सिस्टममा उपलब्ध हुने जनाइएको छ । नयाँ ईएक्स५ हालको भेरिएन्ट भन्दा २१ मिलिमिटर लामो हुनेछ भने एप्रोच र डिपार्चर एगंल क्रमशः १६ र २० डिग्री हुनेछ ।

जिली मोटर्सले नयाँ ईएक्स५ मा कुन साइजको ब्याट्री उपलब्ध गराउन खोजेको हो भन्नेबारे कुनै जानकारी बाहिर ल्याएको छैन । कारको अधिकतम गति १७५ किलोमिटरबाट बढेर २०१ किलोमिटर पुग्ने उल्लेख छ ।

सम्बन्धित समाचारहरू

भिनफास्टले भारतमा बेच्यो १ हजार बढी ईभी

भिनफास्टले भारतमा बेच्यो १ हजार बढी ईभी

भियतनामी ईभी निर्माता भिनफास्टले भारतमा ईभी बिक्री थालेको ४ महिना पुरा...

हिरोले नयाँ इलेक्ट्रिक स्कुटर आज लन्च गर्दै

हिरोले नयाँ इलेक्ट्रिक स्कुटर आज लन्च गर्दै

हिरोले फेस्टिभ सिजनको अवसरमा हिरोको नयाँ इलेक्ट्रिक स्कुटर भिडा आज भारतमा...

डोङफेङद्वारा युरोपेली बजार विस्तारका लागि म्युनिखमा डिजाइन केन्द्रको स्थापना

डोङफेङद्वारा युरोपेली बजार विस्तारका लागि म्युनिखमा डिजाइन केन्द्रको स्थापना

डोङफेङ मोटरले युरोपेली ग्राहकहरूको रुचि र प्राथमिकतालाई लक्षित गरी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...