प्योर ईभी स्कुटर किन्दा ८ हजार नगद र ३ हजार ५ सयको स्योरसट गिफ्ट
काठमाडौं – नेपाली बजारमा उपलब्ध भारतीय स्कुटर ब्रान्ड प्योर ईभीले नयाँ...
काठमाडौं – नेपालका लागि आईकारको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालिले लोकप्रिय आईकार भी२३ मा विशेष सीमित–स्टक अफर घोषणा गरेको छ। यस अफरअन्तर्गत ग्राहकहरूले ५० लाख ९९ हजारको प्रि–बजेट मूल्यमा आईकार भी२३ खरिद गर्न सक्नेछन् । हाल भने बजेटपछिको आधिकारिक मूल्य ५३ लाख ९९ हजार कायम गरिएको छ।
हालै सार्वजनिक भएको राष्ट्रिय बजेटमार्फत कर तथा राजस्व संरचनामा भएको संशोधनका कारण नेपाली बजारमा आईकार भी२३ को आधिकारिक बिक्री मूल्य ५३ लाख ९९ हजार निर्धारण गरिएको छ। तथापि, ग्राहकहरूको उल्लेखनीय रुचि र विश्वासप्रति कृतज्ञता व्यक्त गर्दै एसपीजी अटोमोबाइल्सले सीमित संख्यामा उपलब्ध स्टकका लागि आईकार भी२३ लाई पुरानै मूल्य ५० लाख ९९ हजारमा उपलब्ध गराउने निर्णय गरेको बताएको छ ।
यस विशेष अफरमार्फत ग्राहकहरूले ३ लाख रुपैयाँ सम्मको प्रत्यक्ष बचत गर्न सक्नेछन्। सीमित स्टक समाप्त भएपछि सबै नयाँ बुकिङ तथा डेलिभरीहरू संशोधित आधिकारिक मूल्य ५३ लाख ९९ हजार अनुसार हुने बताइएको छ ।
आईकार भी२३ नेपालका सबैभन्दा आकर्षक लाइफस्टाइल इलेक्ट्रिक एसयूभीहरूमध्ये एकका रूपमा स्थापित भइसकेको छ। रेट्रो–प्रेरित डिजाइन, अत्याधुनिक विद्युतीय प्रविधि, ५९.९३ किलोवाट आवर ब्याट्री क्षमता, ४०१ किलोमिटर (सीएलटीसी) सम्मको ड्राइभिङ रेन्ज तथा २१० एमएम ग्राउण्ड क्लियरेन्स जस्ता विशेषताले यसलाई अझ विशिष्ट बनाएको छ। यसको आकर्षक डिजाइन, उत्कृष्ट प्रदर्शन तथा आधुनिक सुविधाहरूले यसलाई नेपाली ईभी पारखीहरूको रोजाइको गाडी बनाएको छ।
यस विशेष अफरको लाभ लिन इच्छुक ग्राहकहरूलाई देशभर रहेका आफ्नो नजिकको आईकार शोरुम वा आधिकारिक डिलरशिपमा यथाशीघ्र सम्पर्क गर्न कम्पनीले अनुरोध गरेको छ।
काठमाडौं – नेपाली बजारमा उपलब्ध भारतीय स्कुटर ब्रान्ड प्योर ईभीले नयाँ...
नेपालको इलेक्ट्रिक सवारी साधन अर्थात ईभी बजारमा नामी भिगो अन्य ब्रान्ड र...
काठमाडौं । विश्वकै पहिलो ट्रान्सफर्मर एसयूभी दिपल ई०७ नेपालमा एक...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...