३०० किमी रेन्ज दिने ग्यारोको नयाँ इलेक्ट्रिक स्कुटर नेपाली बजारमा, मूल्य कति ?
काठमाडौं – ग्यारो इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक वितरक...
काठमाडौं–स्काईवेल ईभीको नेपालका लागि आधिकारिक वितरक जी मोटर्सले बीई११ ईभीको मूल्य एकैपटक १६ लाखसम्म घटाएको छ । कम्पनीले बीई११ लो रेन्ज भेरिएन्टको मूल्य १४ लाख, यसैको मिडियम रेन्ज भेरिएन्टमा १५ लाख र लङ रेन्ज भेरिएन्टमा १६ लाख रुपैयाँ कम गरको हो ।
सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत विद्युतीय सवारी साधन (ईभी) मा लाग्ने करको संरचनामा परिवर्तन गरेसँगै कम्पनीले मूल्य समायोजन गरेको हो । जसअनुसार, बजेटअघि ७९ लाख ९० हजार रुपैयाँ निर्धारण गरिएको एसयूभीलाई अव ६५ लाख ९० हजारमै खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।
त्यसैगरी, यसअघि ८९ लाख ९० हजार र १ करोड १५ लाखमा बिक्री हुँदै आएको मिडियम र लङ रेन्ज भेरिएन्टको नयाँ मूल्य क्रमशः ७४ लाख ९० हजार र ९९ लाख रुपैयाँ कायम गरिएको छ ।
प्रिमियम ईभी ब्रान्डका रुपमा परिचित स्काईवेलका ईभी तीन भिन्न ब्याट्री प्याकमा उपलब्ध छन् । जसअनुसार, ५१.९२ किलोवाट आवर क्षमताको बीई११ लो रेन्ज भेरिएन्टले ४१० किलोमिटर र ७१.९८ किलोवाट आवर क्षमताको ब्याट्री प्याक जडित मिडियम रेन्ज भेरिएन्टले ५२० किलोमिटर रेन्ज दिने दाबी गरिएको छ ।
त्यसैगरी, लङ रेन्ज भेरिएन्टमा ८५.९६ किलोवाट आवरको ब्याट्री प्याक जडान गरिएको छ भने यसले एकपटकको फुल चार्जमा ६२० किलोमिटर रेन्ज प्रदान गर्ने दाबी गरिएको छ । यी सबै भेरिएन्टमा १५० किलोवाट क्षमताको इलेक्ट्रिक मोटर उपलब्ध गराइएको छ ।
काठमाडौं – ग्यारो इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक वितरक...
काठमाडौं– डोङफेङ मोटर इन्डस्ट्री इम्पोर्ट एन्ड एक्सपोर्ट कम्पनी...
केही वर्ष अघिसम्म नेपालमा नारीलाई घरबाहिर निस्कन निकै सकस हुने अवस्था...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...