विलाशी र शक्तिशाली इलेक्ट्रिक पिकअप नेपाल भित्र्याउँदै पारामाउन्ट मोटर्स
काठमाडौं – नेपालका लागि एमजी मोटरको आधिकारिक बिक्रेता पारामाउन्ट...
काठमाडौं–एमजी मोटर्सको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्सले आफ्नो नयाँ विद्युतीय एसयूभी एमजी६ मा २ लाख रुपैयाँ मूल्य बढाएको छ ।
सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत विद्युतीय सवारी साधन (ईभी) मा लाग्ने करको संरचनामा परिवर्तन गरेसँगै कम्पनीले मूल्य समायोजन गरेको हो ।
बजेटअघि ६९ लाख ९९ हजार रुपैयाँमा बिक्री हुँदै आएको एमजी एस६ को मूल्य नयाँ बजेटपछि २ लाख रुपैयाँ बढेर ७१ लाख ९९ हजार रुपैयाँ पुगेको हो ।
एमजी६ मा ७७ किलोवाट आवरको ब्याट्री प्याक तथा १८० किलोवाट क्षमताको मोटर जडान गरिएको छ । यस कारको डब्लूएलटीपी रेन्ज ५३० किलोमिटर दाबी गरिएको छ ।
नेपालको विविध सडक अवस्थालाई ध्यानमा राख्दै यसमा १९५ एमएम ग्राउण्ड क्लियरेन्स प्रदान गरिएको छ भने रियर इन्डिपेन्डेन्ट सस्पेन्सन प्रणालीले अझ सहज, स्थिर तथा आरामदायी यात्रा सुनिश्चित गर्छ ।
रियर ह्विल ड्राइभ प्रविधि उपलब्ध गराइएको यस एसयूभीले उत्कृष्ट तथा डायनामिक ड्राइभिङ अनुभव प्रदान गर्ने वताइएको छ । साथै यसको प्रिमियम डिजाइन, स्मार्ट कनेक्टिभिटी तथा आधुनिक ईभी प्रविधिले यसलाई अझ आकर्षक र परिष्कृत इलेक्ट्रिक एसयूभीका रूपमा स्थापित गरेको छ ।
काठमाडौं – नेपालका लागि एमजी मोटरको आधिकारिक बिक्रेता पारामाउन्ट...
एमजी मोटर्सको नेपालका लागि आधिकारिक बितरक पारामाउन्ट मोटर्सले जेडएस...
भारत मोबिलिटी ग्लोबल एक्सपो २०२५ मा १७ देखि २२ जनवरीसम्म आयोजित हुँदै छ ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...