नेक्सन फेसलिफ्टमा हुनेछन् यी नयाँ फिचर, अर्को महिना लन्च हुने
टाटा मोटर्सले आफ्नो सर्बाधिक सफल एसयूभी नेक्सनको फेसलिफ्ट ल्याउने...
टाटा मोटर्सले भारतीय बजारमा नयाँ इन्ट्रा भी४० लन्च गरेको छ। पेट्रोल र सीएनजी दुवै इन्धनमा सञ्चालन हुनसक्ने सो गाडीमा ११० लिटर क्षमताको सीएनजी ट्याङ्की राखिएको छ। कम्पनीले यसलाई साना व्यावसायिक सवारी तथा पिकअप सेग्मेन्टका लागि उपयुक्त विकल्पको रुपमा प्रस्तुत गरेको छ।
कम्पनीका अनुसार इन्ट्रा भी४० को सबैभन्दा ठूला विशेषता यसको भार वहन क्षमतामा निहित छ । सो मोडलले १,५२५ किलोग्राम पेलोड ओसार्न सक्छ भने लोड बडीको लम्बाइ २,९६० मिलिमिटर रहेको छ। गाडीमा जडान गरिएको १.२ लिटर क्षमताको इन्जिनले ५८ बीएचपी पावर र १०६ न्युटन मिटर टर्क उत्पादन गर्छ। साथै, यसमा ११० लिटर क्षमताको सीएनजी ट्याङ्की राखिएको छ जसले द्वि–इन्धन विकल्प उपलब्ध गराउँछ।
टाटा मोटर्सले नयाँ इन्ट्रा भी४० लाई हाइड्रोफर्म्ड च्यासिसमा निर्माण गरेको छ । चालकको सुविधालाई प्राथमिकतामा राख्दै क्याबिनमा सहज आवतजावत गर्न मिल्ने वाक –थ्रु लेआउट समावेश गरिएको छ भने कारसरहको ड्राइभिङ अनुभव प्रदान गर्ने व्यवस्था गरिएको छ। सेफ्टीका लागि फ्रन्टमा डिस्क ब्रेक समावेश गरिएको छ ।
इन्ट्रा भी४० लन्च भएपछि टाटा मोटर्सको अब स्मल कमर्सियल भेइकल र पिकअप सेग्मेन्टमा मोडलको संख्या ४ पुगेको छ। हाल कम्पनीले एस प्रो बाई फ्युल, एस सीएनजी २.०, इन्ट्रा भी२० गोल्ड र नयाँ इन्ट्रा भी४० गरी चार मोडल उपलब्ध छ। त्यस्तै, कम्पनीसँग इलेक्ट्रिक सेगमेन्टमा एस प्रो ईभी, एस ईभी १००० र इन्ट्रा ईभी पिकअपजस्ता मोडल उपलब्ध छ ।
टाटा मोटर्सले आफ्नो सर्बाधिक सफल एसयूभी नेक्सनको फेसलिफ्ट ल्याउने...
टाटा मोटर्सले टाटा ह्यारियरको ईभी लन्च गर्ने तयारी गरिरहेको छ । ह्यारियर...
टाटा मोटर्सले आफ्नो प्रसिद्ध मोडल सिएरालाई पुनः प्रस्तुत गर्ने तयारी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...