जेएसडब्लू एमजीमा हिस्सा घटाउँदै एसएआईसी

एमजी मोटरको माउ कम्पनी एसएआईसीले जेएसएडब्लू एमजी मोटर इन्डियामा रहेको आफ्नो थप १० प्रतिशत हिस्सा जेएसडब्लू समूहलाई बिक्री गर्ने भएको छ । यससँगै, जेएसडब्लू कम्पनीको सबैभन्दा ठूलो शेयर होल्डर बन्नेछ ।

चिनियाँ कम्पनीमाथी भारतको लगानी प्रतिबन्धका कारण एसएआईसीले इक्विटी ल्याउन र भारतमा आफ्नो सञ्चालन विस्तार गर्न संघर्ष गरिरहेको अवस्थामा यो डिल हुन लागेको हो ।

दुई वर्ष अघि जेएसडब्लू समूहले १.२ अर्व डलरमा कम्पनीको ३५ प्रतिशत हिस्सा खरिद गरेको भएपनि हाल हुन लागेको डिलबारे कुनै जानकारी बाहिर ल्याइएको छैन ।

भारतिय बजारमा निकै आक्रमक देखिएको जेएसडब्लू एमजी मोटरले नयाँ कार लन्च गर्न ४१८ मिलियन डलर लगानी गर्ने योजना बनाएको छ । कम्पनीले आफ्नो वार्षिक उत्पादन क्षमतालाई ३ लाख युनिट पुर्याउने लक्ष्य समेत राखेको छ ।

साथै, एसएआईसीले पनि एक्सटेन्डेड रेन्ज ईभी र हाइब्रिड मोडल लन्च गर्न जेएसडब्लू एमजी मोटरमा ६३ मिलियन डलर लगानी थप गर्ने तयारी गरेको छ ।

सम्बन्धित समाचारहरू

स्पोर्टी लुक्स र आकर्षक फिचरसहित  चिनियाँ बजारमा लन्च भयो एमजी वान क्रसओभर एसयूभी

स्पोर्टी लुक्स र आकर्षक फिचरसहित चिनियाँ बजारमा लन्च भयो एमजी वान क्रसओभर एसयूभी

चिनियाँ बजारमा एमजी वान कम्प्याक्ट क्रसओभर एसयूभी लन्च भएको छ । एमजी वान...

टाटा नेक्सन ईभी म्याक्स र एमजी जेडएस ईभी : यस्ता छन् फिचर

टाटा नेक्सन ईभी म्याक्स र एमजी जेडएस ईभी : यस्ता छन् फिचर

केही समय अगाडि बीवाईडीको एट्टो ३ लाई काउन्टर गर्दै ९९ किलोवाटको मोरिस...

टोयोटा फर्चुनरसंग प्रतिस्पर्धा गर्न एमजीले ल्यायो नयाँ एसयुभी

टोयोटा फर्चुनरसंग प्रतिस्पर्धा गर्न एमजीले ल्यायो नयाँ एसयुभी

काठमाडौं– एमजीले फुल साइजको एसयूभी मजेस्टर देखाएको छ । कम्पनीले भारतमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...