चर्चामा सुजुकी जिम्नी, नाडा अटो शोमा प्रमुख आकर्षण बन्न सक्ने
मारुती सुजुकीको नयाँ अफरोड एसयूभी जिम्नीले अहिले बजारमा निकै राम्रो चर्चा...
नेपाली बजारमा हालै सुजुकी एक्सेस १२५ स्कुटरको नयाँ संस्करण उपलब्ध भएको छ । एफआई अर्थात फयुल इन्जेक्टेड, बीएस६ इन्जिनमा उपलब्ध सो स्कुटरलाई कम्पनीले ‘द नो प्रोब्लम राइड’ ट्यागलाइन दिएको छ ।
स्कुटरको पिकअप अर्थात पावर र पर्फमेन्स, माइलेज, स्टोरेज र चार्जिङ लगायतका फिचरका कारण यसलाई लामो दुरीको यात्रामा समेत प्रयोग गर्न सकिने र कुनै असहज अवस्था नहुने भएका कारण यसलाई नो प्रोब्लम राइड भनिएको कम्पनीको भनाइ छ ।
यसमा १२४ सीसीको एयरकुल्ड, सिंगल सिलिन्डर, फ्युल इन्जेक्टेड बीएस६ इन्जिन छ, जुन ओबीडी–२बी अन–बोर्ड डायग्नोस्टिक मापदण्डयुक्त छ । यो हाल लागू भएको सबैभन्दा कडा उत्सर्जन नियमन हो । यसले ८.३ बीएचपी पावर र १०.२ एनएम टर्क उत्पादन गर्छ, जसले नेपालको शहरी र राजमार्ग दुवै सवारीका लागि सहज अनुभव प्रदान गर्दछ।
यसको माइलेज पनि करिव ६० किलोमिटर हाराहारी हुने बताइएको छ । वर्ल्ड मोटरसाइकल टेस्ट साइकल (डब्लुएमटीसी) ले परीक्षण गरेरै यो स्कुटरले ५७.३ किलोमिटरको माइलेज दिने प्रमाणित गरेको छ । तर व्यावहारिक रुपमा यो भन्दा अझै बढी माइलेज दिने कम्पनीको भनाइ छ ।
यसको स्टोरेज पनि आकर्षक छ । २४ लिटरको बुट स्पेस सहितको अन्डरसिट स्टोरेजमा प्रशस्तै सामान राख्न सकिन्छ । त्यसैगरी लामो दुरीको यात्रा गर्दा मोबाइल चार्ज गर्न र मोबाइललाई सहज तरिकाले राख्नका लागि स्टोरेज समेत उपलब्ध छ । यी सबैका कारण यो स्कुटरमा ‘नो प्रोब्लम राइड’ गर्न सकिन्छ ।

सुजुकी एक्सेस १२५ स्कुटर सुजुकीको पेटेन्ट प्राप्त एसईपी अर्थात सुजुकी इको पर्फमेन्स एक प्रविधि हो, जसले इन्धन किफायतीपना र राम्रो पर्फमेन्स प्रदान गर्नमा भूमिका खेल्छ । यसले कम इन्धन खर्चमा बढी माइलेज, स्मुद राइड र राम्रो पावर प्रदान गर्छ । यसलाई सामान्य अर्थमा ‘सुपेरियर एक्सेलरेसन, लो फ्युल कन्जम्सन’ भन्न सकिन्छ ।
यो स्कुटर क्लासिक तथा मोडर्न रेट्रो लुक्समा उपलब्ध छ । यसको अघिल्लो भागमा नयाँ रिफ्लेक्टरमा आधारित एलईडी हेडल्याम्प सेटअपका साथै हेडल्याम्प र साइड मिररमा क्रोम फिनिस्ड गरिएको छ । सुजुकी लोगोका साथमा डीआरएल अर्थात डे टाइम रनिङ लाइट, तल्लो भागमा इन्डिकेन्टरका साथ हाजार्ड ल्याम्प लगायतका फिचर छन् । यी सबैका कारण स्कुटरको लुक्स प्रिमियम देखिएको छ ।
त्यसैगरी नयाँ आइकोनिक पोजिसन ल्याम्प, वान वे क्लच, लामो फ्लोर बोर्ड र एक्सटर्नल फयुल लिड लगायतका विशेष फिचर यसमा रहेका छन् । इन्धन भर्ने स्थान पछिल्लो भागमा रहेको छ भने सिट पनि लामो भएकाले सहज तरिकाले दुई जना बस्न मिल्छ भने सामान राख्नका लागि फ्लोर बोर्ड समेत फराकिलो छ ।
सुजुकी एक्सेस स्कुटर भारतमा १२५ सीसीमा सबैभन्दा धेरै बिक्री हुने स्कुटर हो । भारतमा ५० लाख भन्दा बढी एक्सेस स्कुटर बिक्री भइसकेका छन् । पर्फमेन्स, एड्भान्स इमिसन नर्म्स र आकर्षक कलर अप्सनका कारण यो धेरैको रोजाइमा परेको मानिन्छ ।
ड्रम र डिस्क भेरिएन्टमा उपलब्ध सो स्कुटरको मूल्य क्रमशः २ लाख ८९ हजार ९ सय र ३ लाख ५ हजार ९ सय रुपैयाँ तोकिएको छ । सुजुकी स्कुटरमा कम्पनीले ५ वर्ष सम्म निःशुल्क सर्भिसिङ समेत उपलब्ध गराएको छ । नेपालभर रहेका कम्पनीका शोरुमहरुमा यो स्कुटर अवलोकन र टेस्ट राइड गर्न सकिन्छ ।
मारुती सुजुकीको नयाँ अफरोड एसयूभी जिम्नीले अहिले बजारमा निकै राम्रो चर्चा...
मारुती सुजुकीको पहिलो ईभीएक्स सन् २०२४ मा लन्च हुने अनुमान गरिएको थियो । तर...
मारुती सुजुकीले नयाँ अल्टोलाई १६ दिनपछि अर्थात यसै महिनाको १८ तारिखमा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...