घटस्थापनाका दिन १३२ युनिट गाडी डेलिभरी गरेर बीवाईडीले हासिल ग-यो महत्वपूर्ण उपलब्धि
काठमाडौं – विश्वकै अग्रणी इलेक्ट्रिक सवारी साधन (ईभी) निर्माता कम्पनी...
काठमाडौं – नेपालका लागि जेएसडब्लु एमजी गाडीहरूको आधिकारिक आयातकर्ता तथा वितरक जीओ अटोमोबाइल्स प्रालिले सहज स्वामित्व, पारदशी स्पेयर पार्ट्स मूल्य र भरपर्दो बिक्रीपछिको सेवाप्रति आफ्नो प्रतिबद्धतालाई थप मजबुत बनाएको जनाएको छ।
कम्पनीले यो पहल सरकारी मूल्य पारदर्शिता सप्ताहसँग समन्वय गर्दै सुरु गरेको बताएको छ, जसले सरकारको पारदर्शितासम्बन्धी अवधारणा र एमजीको खुला, स्पष्ट तथा सहज मोबिलिटीप्रतिको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्ने कम्पनीको भनाइ छ।
कम्पनीले नेपालमा उपलब्ध एमजीका जेन्युइन स्पेयर पार्ट्सको मूल्य सूची सार्वजनिक गरेको छ। यसमार्फत गाडी स्वामित्वलाई अझ सहज, किफायती र पारदर्शी बनाउने उद्देश्य रहेको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार एमजीका जेन्युइन स्पेयर पार्ट्स प्रतिस्पर्धी मूल्यमा उपलब्ध हुने भएकाले ग्राहकहरूले आफ्नो गाडीको मर्मत तथा व्यवस्थापन सहज र निर्धक्क रूपमा गर्न सक्नेछन्।
एमजीका सबै स्पेयर पार्ट्स भारतस्थित आधिकारिक सप्लाई चेनमार्फत ल्याइने कम्पनीले जनाएको छ। यसले जेन्युइन गुणस्तर, छिटो उपलब्धता र किफायती मूल्य सुनिश्चित गर्ने विश्वास कम्पनीको छ। साथै ग्राहकलाई अझ बढी पारदर्शी जानकारी उपलब्ध गराउने उद्देश्यले कम्पनीले वार्षिक मर्मत खर्चसम्बन्धी विवरण पनि छिट्टै सार्वजनिक गर्ने जनाएको छ।
सहज स्वामित्व सुविधासँगै जी।ओ। अटोमोबाइल्सले नेपालमा एमजीको बिक्रीपछिको सेवा सञ्जाललाई पनि थप सुदृढ बनाउँदै लगेको जनाएको छ। कम्पनीले काठमाडौंबाट सेवा विस्तारलाई प्राथमिकतामा राखेको छ भने ग्राहक सहयोगलाई आफ्नो मुख्य प्राथमिकतामध्ये एकका रूपमा अगाडि बढाएको जनाएको छ।
यी पहलमार्फत जीओ अटोमोबाइल्सले एमजी ग्राहकबीच दीर्घकालीन विश्वास र भरोसा निर्माण गर्ने लक्ष्य लिएको जनाएको छ। कम्पनीका अनुसार भरपर्दो, पारदर्शी र ग्राहककेन्द्रित स्वामित्व अनुभव प्रदान गर्नु नै यसको मुख्य उद्देश्य हो।
जीओ अटोमोबाइल्सले भारतमा उत्पादन भएका एमजीका सवारी साधनको बिक्री–वितरण हालै प्रारम्भ गरेको हो ।
काठमाडौं – विश्वकै अग्रणी इलेक्ट्रिक सवारी साधन (ईभी) निर्माता कम्पनी...
टाटा नेक्सन ईभीमा प्रयोग हुने ब्याट्री अब नेपालमै मर्मत गर्न सकिने भएको छ ।...
भन्सार महसुललगायतका कर तिर्न नसकेको भन्दै चीनबाट ल्याइएका १८ वटा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...