सार्वजनिक भएको चार महिनामै दिपल एस०७ बन्यो थाइल्यान्डको नं १ ईभी
थाइल्यान्डमा सार्वजनिक भएको चार महिनामै दिपल एस०७ त्यहाँको सबैभन्दा बढी...
काठमाडौं – नेपालका लागि जेएसडब्लु एमजी मोटर इन्डियाको आधिकारिक वितरकको रुपमा गोल्छा अर्गनाइजेसन अन्तर्गतको जीओ अटोमोबाइल्सले नयाँ ईभी नेपालमा औपचारिक रुपमा लन्च गरेको छ । यस अनुसार जेएसडब्लु एमजी मोटर इन्डियाले रणनीतिक वितरण साझेदारीमार्फत नेपालमा आफ्नो उपस्थितिलाई थप मजबुत बनाएको छ। यस सहकार्यसँगै काठमाडौंको थापाथलीमा नयाँ एमजी डिलरशिप सञ्चालनमा आएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार यो सहकार्यले नेपाली बजारमा एमजी ब्रान्डको थप व्यवस्थित र ग्राहककेन्द्रित उपस्थितिको आधार तयार गर्नेछ।
शोरुममा एमजी कमेट र एमजी विन्डसर लगायतका प्रमुख मोडलहरू उपलब्ध छन्, जसले विभिन्न सेग्मेन्टका ग्राहकहरूको फरक–फरक मोबिलिटी आवश्यकताहरू पूरा गर्ने कम्पनीको विश्वास छ। यस साझेदारीमार्फत एमजीले आफ्ना गाडीहरूलाई ग्राहकसम्म अझ नजिक पु-याउनुका साथै देशभर सेवा तथा बिक्रीपछिको सुविधालाई थप सुदृढ र पहुँचयोग्य बनाउने लक्ष्य लिएको बताएको छ। कम्पनीले बलियो स्थानीय उपस्थिति र थप प्रभावकारी ग्राहक सहयोगमार्फत ग्राहकलाई सहज, भरपर्दो र विश्वस्त स्वामित्व अनुभव प्रदान गर्ने जनाएको छ।
नेपालका लागि डिलर प्रिन्सिपल आकाश गोल्छाले भने, “जेएसडब्लु एमजी मोटर इन्डियासँग सहकार्य गर्न पाउँदा हामी अत्यन्त उत्साहित छौं। एमजीका विश्वस्तरीय गाडीहरू नेपाली ग्राहकसमक्ष ल्याउन पाउनु हाम्रो लागि महत्वपूर्ण अवसर हो। आधुनिक पूर्वाधार र उत्कृष्ट ग्राहक सेवामा केन्द्रित भएर यो डिलरशिप तयार गरिएको हो। प्रविधि, डिजाइन र दिगोपनको संयोजन रहेको एमजीको पोर्टफोलियो नेपाली ग्राहकहरूको चाहना र आकांक्षासँग राम्रोसँग मेल खानेमा हामी विश्वस्त छौं। नेपाली बजारमा एमजी ब्रान्डको बलियो र दीर्घकालीन उपस्थिति निर्माण गर्ने हाम्रो लक्ष्य रहेको छ।”
जीओ अटोमोबाइल्सले सीमित अवधिका लागि एमजीका गाडीहरूमा विशेष प्रारम्भिक मूल्य पनि घोषणा गरेको छ। यसअन्तर्गत एमजी कमेट ईभीको प्रारम्भिक मूल्य १८ लाख ७५ हजार रुपैयाँ तोकिएको छ भने एमजी विन्डसर ईभीको मूल्य ३९ लाख ७५ हजार रुपैयाँबाट उपलब्ध हुनेछ। कम्पनीका अनुसार यो आकर्षक मूल्य प्रस्तावमार्फत ग्राहकहरूले कम्प्याक्ट शहरी ईभीदेखि प्रिमियम एसयूभी प्रदर्शनसम्मका विभिन्न विकल्पहरू रोज्न सक्नेछन्।
कम्पनीले यस लन्चसँगै नेपालमा एमजी ब्रान्डको नयाँ अध्याय सुरु भएको जनाएको छ। नवप्रवर्तन, दिगोपन र आधुनिक डिजाइनलाई एकसाथ अघि बढाउँदै एमजीले नेपालको मोबिलिटी भविष्यलाई नयाँ रूपमा परिभाषित गर्ने लक्ष्य राखेको कम्पनीको भनाइ छ।
विश्वका १०० भन्दा बढी देशमा उपस्थिति रहेको ग्लोबल फच्र्युन ५०० कम्पनी एसएआईसी मोटर र भारतको अग्रणी व्यावसायिक समूह जेएसडब्लु ग्रुपले सन् २०२३ मा संयुक्त साझेदारीमार्फत जेएसडब्लु एमजी मोटर इन्डिया प्रालि स्थापना गरेका हुन्। जेएसडब्लु ग्रुप भारतमा बीटुबी र बीटुसी दुवै क्षेत्रमा बलियो उपस्थिति भएको प्रमुख समूह हो।
सन् १९२४ मा बेलायतमा स्थापना भएको मोरिस ग्यारेजस्, अर्थात् एमजी, आफ्ना स्पोट्र्स कार, रोडस्टर र क्याब्रियोलेट सिरिजका कारण विश्वभर परिचित ब्रान्ड हो। आकर्षक स्टाइलिङ, भव्यता र दमदार प्रदर्शनका कारण एमजी गाडीहरू बेलायती प्रधानमन्त्रीदेखि बेलायती शाही परिवारसम्मका व्यक्तिहरूमाझ लोकप्रिय थिए।
थाइल्यान्डमा सार्वजनिक भएको चार महिनामै दिपल एस०७ त्यहाँको सबैभन्दा बढी...
काठमाडौं– चिनियाँ अटो निर्माता ग्रेटवाल मोटर्स(जीडब्लुएम) ले लक्जरी...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार ‘अमेरिकामा नबनेका सबै...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...