नेपालमै पहिलो पटक सम्पन्न भयो पेट्रोनस स्प्रिन्टा–चाय पकौडा ब्रेकफास्ट राइड
काठमाडौं – नेपालमा पहिलो पटक पेट्रोनस स्प्रिन्टा–चाय पकौडा ब्रेकफास्ट...
काठमाडौं–नेपाली बजारमा सर्बाधिक खपत हुने लुब्रिकेन्ट ब्रान्ड सर्भो स्वदेशमै उत्पादन सुरु भएको छ । गोल्छा ग्रुप र भारतको सरकारी स्वामित्वमा रहेको इन्डियन आयल कर्पोरेशन (आईओसी) बीचको साझेदारीमा स्थापित सर्भो लुब्रिकेन्ट उत्पादन केन्द्रले नवलपुरमा व्यावसायिक उत्पादन सुरू गरेको हो ।
नेपाली औद्योगिक इतिहासमा यो एउटा उल्लेखनीय उपलब्धि मानिएको छ । उद्योगमा ५० करोड रूपैयाँ लगानी गरिएको छ । उद्योगबाट अटोमोटिभ र इन्डष्ट्रियल दुबै प्रयोजनका लुब्रिकेन्ट उत्पादन हुने जनाइएको छ ।
गोल्छा ग्रुप अन्तर्गतको हंसराज हुलासचन्द एन्ड कम्पनीले यसअघि नेपालमै बजाज मोटरसाइकलको प्लान्ट सञ्चालनमा ल्याइसकेको छ । उक्त प्लान्टबाट बजाजका प्राय सबैजसो मोडल एसेम्वल हुने गरेका छन् । मेड इन नेपाल अभियानमा कम्पनीको यो बजाज पछिको दोस्रो पहलकदमी हो ।
सर्भो लुब्रिकेन्टको सो प्लान्टबाट १ सय ५० जनाले रोजगारी पाउने बताइएको छ । कम्पनीले यसअघि भारतबाट लुब्रिकेन्ट आयात गरी बिक्री वितरण गर्दै आएको थियो ।
काठमाडौं – नेपालमा पहिलो पटक पेट्रोनस स्प्रिन्टा–चाय पकौडा ब्रेकफास्ट...
इन्जिन आयल गाडीका लागि धेरै महत्वपूर्ण हुन्छ । इन्जिन आयलले इन्जिनलाई...
काठमाडाैँ – गल्फ लुब्रिकेन्टको डिलर मिट कार्यक्रम सम्पन्न भएको छ ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...