प्यासेन्जर कार सेगमेन्ट र मोटरसाइकलका लागि टोटल इनर्जिजले नेपाल भित्र्यायो पहिलो नयाँ लुब्रिकेन्ट प्रविधि

काठमाडौं - नेपालको लुब्रिकेन्ट बजारलाई विश्वमा पछिल्लो समयमा उपलब्ध ग्लोबल स्ट्यान्डर्डसँग जोड्ने उद्देश्यका साथ लक्ष्मी ल्युब आयलले नेपालमै पहिलो पटक नयाँ जीएफ–७ प्यासेन्जर कार इन्जिन आयल रेन्ज भित्र्याएको छ ।

नेपालका लागि टोटल इनर्जिजको आधिकारिक वितरक लक्ष्मी ल्युब आयलले हालै सम्पन्न च्यानल पार्टनर्स मिट २०२६ मा सो लुब्रिकेन्ट सार्वजनिक गरेको हो । यससँगै नेपालमा पहिलो पटक आईएलएसएसी जीएफ–७ मापदण्डमा आधारित लुब्रिकेन्ट उपलब्ध भएको कम्पनीले जनाएको छ।

यसका साथै हाई पर्फमेन्स रोयल क्रुजर १५डब्लु–५०, २.५ लिटर, सेमी सिन्थेटिक मोटरसाइकल आयल पनि सार्वजनिक गरिएको छ । विशेष गरी रोयल इन्फिल्ड मोटरसाइकलका लागि बनाइएको सो इन्जिन आयल क्लच प्रोटेक्ट टेक्नोलोजीका साथ उपलब्ध छ, जसले मोटरसाइकलको क्लचलाई लामो जीवन दिन्छ ।

कार्यक्रममा देशभरबाट २०० भन्दा बढी च्यानल पार्टनरहरूको सहभागिता रहेको थियो। कार्यक्रममा टोटल इनर्जिज मार्केटिङ इन्डिया प्रालिका सीईओ र एक्जिक्युटिभ डाइरेक्टर विकेन नजरियानका साथै सिनियर म्यानेजर–एक्सपोर्ट्स प्रविण कुमार तथा नेपालको तर्फबाट लक्ष्मी ग्रुपका अध्यक्ष गणेश बहादुर श्रेष्ठ र कम्पनीका अन्य प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमको मुख्य आकर्षण टोटल इनर्जिज क्वार्ट्ज जीएफ–७ रेन्ज सार्वजनिक थियो । यस अन्तर्गत तीन प्रमुख उत्पादनहरू क्वार्ट्ज ९००० फ्युचर जीएफ–७ (०डब्लु–२०/५डब्लु–३०), क्वार्ट्ज ७००० फ्युचर जीएफ–७ (५डब्लु–३०) र क्वार्ट्ज ९००० एक्स्ट्रा फ्युचर एक्सटी (०डब्लु–१६) रहेका छन् ।

यी इन्जिन आयलहरू नवीनतम आईएलएसएसी जीएफ–७ मापदण्डमा आधारित छन्, जसलाई विशेष गरी टर्बोचाज्र्ड तथा उच्च इन्धन दक्षता भएका आधुनिक पेट्रोल इन्जिनयुक्त सवारी साधनका लागि डिजाइन गरिएको हो।

कम्पनीका अनुसार नयाँ फर्मुलेसनले लो–स्पिड प्रि–इग्निसन (एलएसपीआई) विरुद्ध राम्रो सुरक्षा, इन्धन दक्षता सुधार तथा इन्जिन सफाइमा उल्लेखनीय सुधार प्रदान गर्छ।

त्यसैगरी, लक्ष्मी ल्युब आयलले ‘डिलर अफ द इयर २०२५’ का रूपमा जोरपाटीस्थित शंकर यमुना अटो पार्ट्स, ‘रिटेलर अफ द इयर २०२५’ का रूपमा नक्सालस्थित मोटर मार्ट अटो पार्ट्स तथा ‘बेस्ट ओईएम/फ्लिट अफ द इयर २०२५’ का रूपमा एलआई सर्भिसलाई घोषणा गरेको छ।

कम्पनीका अनुसार ‘डिलर अफ द इयर २०२५’ लाई पुरस्कारस्वरूप थाइल्याण्ड भ्रमणको अवसर प्रदान गरिएको छ भने ‘बेस्ट रिटेलर अफ द इयर २०२५’ लाई वासिङ मेसिन प्रदान गरिएको छ।

कार्यक्रमलाई अझ आकर्षक र सहभागीमूलक बनाउन लक्की ड्रको व्यवस्था गरिएको थियो, जसमा विजेतालाई १९० लिटर क्षमताको फ्रिज प्रदान गरिएको बताइएको छ।

कार्यक्रम केवल प्रोडक्ट सार्वजनिक गर्ने मात्र नभई यसलाई कम्पनीको देशभर फैलिएको डिस्ट्रिब्युसन नेटवर्कलाई थप मजबुत बनाउने रणनीतिक प्लेटफर्मका रूपमा पनि प्रयोग गरिएको थियो। कम्पनीले उत्कृष्ट प्रदर्शन गर्ने डिलर तथा रिटेलरहरूलाई सम्मान गर्दै बजार विस्तारमा उनीहरूको भूमिकाको प्रशंसा गरेको थियो।

जीएफ–७ प्रविधियुक्त इन्जिन आयल र नयाँ मोटरसाइकल लुब्रिकेन्टको सुरुवातसँगै नेपाली अटोमोबाइल प्रयोगकर्ताले आधुनिक इन्जिन प्रविधिका लागि उपयुक्त नेक्स्ट जेनेरेसन लुब्रिकेन्ट प्राप्त गर्ने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचारहरू

कार र १००० सीसी सम्मका बाइकमा प्रयोग हुन्छ मोटुल लुब्रिकेन्ट

कार र १००० सीसी सम्मका बाइकमा प्रयोग हुन्छ मोटुल लुब्रिकेन्ट

मोटुल लुब्रिकेन्ट विश्वमै गुणस्तरीय लुब्रिकेन्टको रुपमा परिचित छ ।...

रुसका तेल भण्डारमा युक्रेनको आक्रमण, १० ठुला तेल भण्डार ध्वस्त

रुसका तेल भण्डारमा युक्रेनको आक्रमण, १० ठुला तेल भण्डार ध्वस्त

युद्धरत रुस र युक्रेनका बिचमा थप तनाव बढेको छ। रूसको राष्ट्रपति भवनमा...

नेपाल प्रहरी र सशस्त्र प्रहरीका पेट्रोल पम्प अब २४सै घण्टा खुला

नेपाल प्रहरी र सशस्त्र प्रहरीका पेट्रोल पम्प अब २४सै घण्टा खुला

काठमाडौँ – नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सञ्चालन गरेका पेट्रोल पम्प...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...