अध्ययन : ईभी ब्याट्रीको आयु २० वर्षसम्म, ब्याट्री फेल हुने सम्भावना ०.५ प्रतिशत मात्रै
ईभीमा प्रयोग हुने ब्याट्रीको आयु र क्षयिकरणका बारे धेरै छलफल र अनुमान...
करिब छ वर्षपछि चीन र उत्तर कोरियाबीचको रेल सेवा पुनः सञ्चालनमा आएको छ । प्योङयाङबाट छुटेको रेल करिब २३ घण्टामा बेइजिङ पुगेको छ, जसले महामारीका कारण बन्द भएको दुई छिमेकीबीच रेल आवागमन पुनः सुरु भएको संकेत दिएको छ ।
के२८ नम्बरको रेल शुक्रबार बिहान ८ः३७ बजे बेइजिङ आइपुगेको थियो। कोरोना महामारीको समयमा सन् २०२० देखि कडा सीमा बन्द भएपछि यी दुई देशबीच रेल सेवा रोकिएको थियो।
चीन उत्तर कोरियाको मुख्य व्यापारिक साझेदार र कूटनीतिक तथा आर्थिक सहयोगको स्रोत हो। रेल सेवा पुनः सुरु हुनुले उत्तर कोरियामा विदेशीहरूको सीमित पहुँच फेरि खुल्न थालेको संकेतको रूपमा पनि हेरिएको छ ।
स्रोतका अनुसार बिहीबार उक्त रेल यालु नदीमाथिको चीन–कोरिया मैत्री पुल पार गरेको थियो। बेइजिङबाट प्योङयाङतर्फ प्रस्थान गरेको के२७ नम्बरको रेलमा केही डिब्बा विशेष रूपमा उत्तर कोरिया जाने यात्रुका लागि आरक्षित गरिएको थियो। सिनुइजु पुगिसकेपछि ती डिब्बा उत्तर कोरियाली घरेलु रेलसँग जोडेर प्योङयाङतर्फ पठाइन्छ ।
ईभीमा प्रयोग हुने ब्याट्रीको आयु र क्षयिकरणका बारे धेरै छलफल र अनुमान...
इलेक्ट्रिक सवारी साधनमा प्रयोग हुने प्रविधि तीव्र गतिमा अगाडि बढिरहेको छ...
इलेक्ट्रिक सवारी साधनको लोकप्रियता बढेसँगै यसको ब्याट्रीको हेरचाह र सही...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...