यामाहालाई उछिन्दै टीभीएस बन्यो विश्वको तेस्रो ठूलो टु–ह्विलर ब्रान्ड

टीभीएस मोटर कम्पनी बिक्रीका हिसाबले विश्वको तेस्रो ठूलो टु–ह्विलर निर्माता बनेको छ । पहिलोपटक यामाहालाई उछिन्दै टीभीएसले यस्तो उपलब्धी हाँसिल गरेको हो ।

टीभएसले २०२५ मा विश्वभर ५४ लाख ६० हजार मोटरसाइकल र स्कुटर बिक्री गरेको छ । जुन अघिल्लो वर्ष बिक्री गरेको ४५ लाख २० हजारको तुलनामा निकै धेरै हो ।

त्यसैगरी, यामाहाले सोही अवधिमा ५० लाख युनिट बेचेको छ, जुन अघिल्लो वर्षको तुलनामा ०.८ प्रतिशतले सामान्य वृद्धि हो । होन्डा विश्वव्यापी टु–ह्विलर सेग्मेन्टमा निर्विवाद लिडरको रूपमा शीर्ष स्थानमा रहन सफल भएको छ ।

जापानी ब्रान्डले २०२५ मा १ करोड ६४ लाख युनिट मोटरसाइकल तथा स्कुटर बिक्री गरेको जनाइएको छ । अघिल्लो वर्ष होन्डाले कुल १ करोड ५५ लाख युनिट बिक्री गरेको थियो ।

दोस्रो स्थानमा रहेको हिरो मोटोकर्पले गत वर्ष ६२ लाख ५० हजार युनिट बिक्री गरेको छ, जुन तेस्रो स्थानमा रहेको टीभीएस भन्दा धेरै अगाडि छ । टीभीएस भारत र नेपाली बजारमा तेस्रो ठूलो ब्रान्ड पनि हो ।

भारतमा टीभीएसको बजार हिस्सा २० प्रतिशत हाराहारी छ । कम्पनी इलेक्ट्रिक टु–ह्विलरको मासिक बिक्री चार्टमा निरन्तर शीर्ष स्थानमा रहँदै एक प्रमुख खेलाडीको रूपमा देखा परेको छ । टीभीएसले हाल युरोप, अफ्रिका, ल्याटिन अमेरिका, दक्षिणपूर्व एशिया र मध्य पूर्वमा आफ्नो बजार विस्तार गर्दै लगेको छ ।

सम्बन्धित समाचारहरू

ललितपुरको भनिमण्डल बास्केटबल कोर्टमा टीभीएस ग्राण्ड एक्सचेन्ज मेला

ललितपुरको भनिमण्डल बास्केटबल कोर्टमा टीभीएस ग्राण्ड एक्सचेन्ज मेला

ललितपुर – महालक्ष्मीस्थानमा अवस्थित युनिराइड अटो र कुमारीपाटीस्थित रेस...

टीभीएस रेडर, एनटर्क र रेडिअनको फ्युल इन्जेक्सन भेरिएन्ट अब नेपालमा (भिडियो सहित)

टीभीएस रेडर, एनटर्क र रेडिअनको फ्युल इन्जेक्सन भेरिएन्ट अब नेपालमा (भिडियो सहित)

काठमाडौं – नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले २०२४...

बजेटपछि एसेम्बल उद्योगमा देखियो क्रेज, यी तीन कम्पनीको प्लान्ट आउँदै

बजेटपछि एसेम्बल उद्योगमा देखियो क्रेज, यी तीन कम्पनीको प्लान्ट आउँदै

आर्थिक वर्ष २०७९/८० को वार्षिक बजेटमा एसेम्बल उद्योगलाई सरकारले विभिन्न...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...