ट्रायम्फ स्क्रयाम्बलर ४०० एक्ससीको बुकिङ खुला, मूल्य कति ?

काठमाडौं–ट्रायम्फ मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले नेपाली बजारमा ट्रायम्फ स्क्रयाम्बलर ४०० एक्ससीको बुकिङ खुला गरेको छ ।

कम्पनीले आफ्नो फेसबुक पेजमार्फत नयाँ मोडलको बुकिङ खुला भएको र मूल्य ७ लाख ९९ हजार ९०० रुपैयाँ निर्धारण गरिएको जानकारी दिएको हो ।

कम्पनीले यसअघि ४०० स्पिड र ४०० स्क्र्याम्बलर बिक्री गर्दै आएकोमा नयाँ मोडल लन्च गर्न लागेको हो । नयाँ मोडल अबको केही दिनभित्रै लन्च गरिने कम्पनी स्रोतले बताएको छ ।

स्क्रयाम्बलर एक्ससीमा ट्रायम्फले फरक कस्मेटिक डिजाइन र सेग्मेन्टकै पहिलो नयाँ कलर अप्सन दिएको छ । बाइकमा क्रस स्पोक अलोय ह्विल र ट्युबलेस डबल पर्पस टायर जडान गरिएको छ ।

पावरट्रेनको कुरा गर्नुपर्दा बाइकमा ३९८ सीसीको सिंगल सिलिण्डर, लिक्विड कुल्ड, बीएस ६ इन्जिन जडान गरिएको छ । उक्त इन्जिनले अधिकतम ३९.५ पीएस पावर र ३७.५ एनएम टर्क जेनेरेट गर्दछ ।

सम्बन्धित समाचारहरू

ट्रायम्फ नेपालद्वारा स्क्र्याम्बलर ४०० एक्सको नयाँ कलर भेरिएन्ट पर्ल ह्वाइट सार्वजनिक

ट्रायम्फ नेपालद्वारा स्क्र्याम्बलर ४०० एक्सको नयाँ कलर भेरिएन्ट पर्ल ह्वाइट सार्वजनिक

काठमाडाै – नेपालमा हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिद्वारा आधिकारिक...

उत्कृष्ट डुअल पर्पोज बाइक उत्कृष्ट मूल्यमा – सबैको रोजाई बन्दै सीएफमोटो २५० डुअल  ईएफआई

उत्कृष्ट डुअल पर्पोज बाइक उत्कृष्ट मूल्यमा – सबैको रोजाई बन्दै सीएफमोटो २५० डुअल ईएफआई

काठमाडौं – नेपालमा दुईपाङ्ग्रे सेग्मेन्टमा नयाँ उत्साह थप्दै सीएफमोटोले...

मोटरसाइकलमा क्लच प्लेट किन आवश्यक छ र यो बिग्रियो भने के हुन्छ ?

मोटरसाइकलमा क्लच प्लेट किन आवश्यक छ र यो बिग्रियो भने के हुन्छ ?

बाइकमा धेरै प्रकारका पार्टपुर्जा जडान गरिएको हुन्छ । त्यसमध्ये क्लच प्लेट...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...