अटो एक्सपो २०२५ मा हुन्डाईको आयोनिक९ इलेक्ट्रिक एसयूभी सार्वजनिक, चाँडै लन्च हुने अपेक्षा
हुन्डाईले भारत मोबिलिटी २०२५ अन्तर्गत अटो एक्सपो २०२५ मा प्रिमियम...
हुन्डाई स्यान्ट्रो पहिलो पटक नेपाल भित्रिँदा साना गाडीको बजारमा जापानी ब्रान्डहरूको प्रभुत्व थियो र भारतमा उत्पादन भएका गाडीप्रतिको विश्वास विस्तारै विकसित हुँदै थियो। सन् १९९९ मा हुन्डाई इन्डियाले आफ्नो पहिलो मोडलका रूपमा स्यान्ट्रो सार्वजनिक गरेको थियो।
दैनिक प्रयोगका लागि उपयुक्त सोचविचार गरेर डिजाइन गरिएको र आरामदायी स्यान्ट्रो सुरु देखिनै फरक पहिचान बनाउन सफल भयो। यसलाई अझ विशेष बनाउँदै नेपाल हुन्डाई स्यान्ट्रोको पहिलो निर्यात बजार समेत बन्यो। यो केवल एक गाडीको सुरुवात मात्र होइन, हुन्डार्ई र नेपाल दुवैका लागि गर्वको क्षण थियो।
स्यान्ट्रोले नेपाली ग्राहकहरूको ह्याचब्याकप्रतिको धारणा नै परिवर्तन गर्यो। सानो गाडी पनि भरपर्दो, आकर्षक, मर्मतमा सजिलो र नेपाली सडक तथा पारिवारिक आवश्यकताअनुसार उपयुक्त हुन सक्छ भन्ने सन्देश स्यान्ट्रोले दियो। समयसँगै स्यान्ट्रो केवल गाडी मात्र रहेन, नेपाली परिवारहरूको भरोसायोग्य साथी बन्यो र यही आधारमा हुन्डाईले नेपालमा आफ्नो यात्रा अघि बढायो।
हुन्डाईको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले भनेको छ, ‘आज नेपालमा स्यान्ट्रोको २५ वर्ष पूरा भएको अवसरमा हामी एउटा प्रतिष्ठित मोडेल मात्र होइन, त्यसबाट सुरु भएको भरोसाको विरासतलाई पनि सम्मान गर्दैछौँ।’
यस विशेष अवसरमा हुन्डाई इन्डिया र हुन्डाई नेपालको सहकार्यमा सन् २००० मोडल वर्षका हुन्डाई स्यान्ट्रोका प्रयोगकर्ताहरूलाई हुन्डाई नेपालसँग सम्पर्क गर्न अनुरोध गरिएको छ। छनोटमा परेका ग्राहकहरूले हुन्डाईद्वारा तयार गरिएको सानो सरप्राइजको अनुभव गर्ने विशेष अवसर पाउनेछन्।
हुन्डाईले भारत मोबिलिटी २०२५ अन्तर्गत अटो एक्सपो २०२५ मा प्रिमियम...
हुन्डाईले फेस्टिभ सिजनको अवसरमा आफ्नो् कम्प्याक्ट सेडान औरालाई अपडेट...
हुन्डाई मोटर्सको स्वामित्वमा रहेको कार ब्रान्ड जेनेसिसले आक्रामक...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...