के हो हेडअप डिस्प्ले ?

कारमा हुने हेडअप डिस्प्ले फिचरले ड्राइभिङलाई आरामदायी मात्र होइन, अझ सुरक्षित पनि बनाइरहेको छ । पहिले यो सुविधा ओडी, मर्सिडिज बेन्ज र बीएमडब्ल्यू जस्ता प्रिमियम कारमा मात्र सीमित थियो। तर अहिले सो प्रविधि अन्य कारमा पनि उपलब्ध हुन थालेको छ । मारुती सुजुकी बलेनो, टोयोटा ग्लान्जा र केही अन्य मोडलमा समेत सो सुविधा देखिन थालेको छ।

हेडअप डिस्प्ले भनेको यस्तो सिस्टम हो, जसले कारसँग सम्बन्धित महत्त्वपूर्ण जानकारी चालकको आँखाको ठीक अगाडि विन्डशिल्डमा देखाउँछ। यसमा गाडीको गति, नेभिगेसन निर्देश, इन्धनसम्बन्धी सूचना र अन्य आवश्यक विवरण समावेश हुन्छ । सो फिचरमा चालकले गाडी चलाउँदा आफ्नो टाउको झुकाएर इक्विपमेन्ट क्लस्टर वा इन्फोटेनमेन्ट स्क्रिनतर्फ हेर्नु पर्दैन । अगाडिको सडकमा ध्यान केन्द्रित गर्दै नै सबै जानकारी सजिलै देख्न सकिन्छ, यही कारण यसलाई हेड अप डिस्प्ले नाम दिइएको हो।

सो सिस्टम ड्यासबोर्ड भित्र जडान गरिएको सानो प्रोजेक्टरको माध्यमबाट काम गर्छ । प्रोजेक्टरले आवश्यक जानकारीलाई प्रकाशको रूपमा प्रक्षेपण गरी विन्डशिल्डमा देखाउँछ। केही कारहरूमा यो जानकारी सिधै विन्डशिल्डमा प्रोजेक्ट गरिन्छ भने केही मोडलमा ड्राइभरको अगाडि ड्यासबोर्डमाथि जडान गरिएको सानो पारदर्शी प्यानलमा देखाइन्छ।

हेडअप डिस्प्लेको सबैभन्दा ठूलो फाइदा सुरक्षासँग सम्बन्धित छ। गाडी चलाउँदा एक सेकेन्डको लागि पनि आँखा सडकबाट हटाउनु जोखिमपूर्ण हुन सक्छ। तर सो सुविधाको प्रयोगले चालकले तल हेर्नु नपरी गति वा अन्य जानकारी जाँच गर्न सक्छ, जसले दुर्घटनाको सम्भावना कम गर्छ। साथै, नेभिगेसन प्रयोग गर्दा यसले  मोड, दूरी र मार्गसम्बन्धी जानकारी सिधै अगाडि देखाइदिन्छ, जसले चालकलाई मोबाइल फोन वा इन्फोटेनमेन्ट स्क्रिनतर्फ पटक पटक हेर्नुपर्ने बाध्यता हटाउँछ ।

सो सुविधाले कारको क्याबिनलाई आधुनिक र भविष्यवादी अनुभूति पनि दिन्छ। पहिले प्रिमियम कारहरूमा मात्र सीमित रहेको सो प्रविधि अब बजेट कारमा समेत उपलब्ध हुन थालेको छ । हेड अप डिस्प्ले केवल देखावटी प्रविधि मात्र होइन, यो वास्तवमै उपयोगी र सुरक्षामैत्री सुविधा हो।

सम्बन्धित समाचारहरू

लुम्बिनी केबलकार र पश्चिम नेपाल बस व्यवसायीबीच व्यापारिक सहकार्य

लुम्बिनी केबलकार र पश्चिम नेपाल बस व्यवसायीबीच व्यापारिक सहकार्य

काठमाडौं – लुम्बिनी केबलकार लिमिटेड र पश्चिम नेपाल बस व्यवसायीबीच...

सन् २०२३ मा ६ करोड ६६ लाख पटक डाउनलोड भयो इन्ड्राइभ एप

सन् २०२३ मा ६ करोड ६६ लाख पटक डाउनलोड भयो इन्ड्राइभ एप

विश्वका ४६ देशहरूमा संचालित ग्लोबल मोबिलिटी र शहरी सेवा प्लेटफर्म...

हेल्मेटले कपाल झर्छ ? सुरक्षासँगै कपाल गुम्ने डर कत्तिको सत्य ?

हेल्मेटले कपाल झर्छ ? सुरक्षासँगै कपाल गुम्ने डर कत्तिको सत्य ?

मोटरसाइकल वा स्कुटर चलाउँदा हेल्मेट लगाउनु अनिवार्य र जीवनरक्षक मानिन्छ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...