फिक्स्ड कि रिमुभेबल ? कुन ब्याट्री भएको इलेक्ट्रिक स्कुटर उत्तम ?
आजको समयमा इलेक्ट्रिक सवारी साधनप्रति मानिसको आकर्षण तीव्र गतिमा...
एसियन ब्याट्रिज लिमिटेडले अन्तर्राष्ट्रिय प्रदर्शनीहरूमा आफ्ना उत्पादनहरू प्रस्तुत गर्दै नेपाली उत्पादनलाई विश्व बजारमा चिनाउने अभियान सुरु गरेको छ। यसै सन्दर्भमा गत जनवरी २३ देखि जनवरी २५ सम्म आयोजना भएको सो कम्फ्रेन्समा कम्पनीले सहभागिता जनाएको हो ।
पावर अन कन्फ्रेन्समा एसियन ब्याट्रिज लिमिटेडका नेपालमै उत्पादन गरिएका विभिन्न अटोमोटिभ, सोलार, इन्भर्टर तथा औद्योगिक प्रयोजनका लागि उपलब्ध ब्याट्रीहरू अन्तर्राष्ट्रिय मञ्चमा प्रदर्शन गरिएको थियो जसले नेपाली उत्पादनहरू पनि गुणस्तर, प्रविधि र विश्वसनीयतामा अन्तर्राष्ट्रिय स्तरको हुन सक्छ भन्ने सन्देश दिएको छ ।
यस पहलको उद्देश्य केवल व्यापार विस्तार मात्र नभई “मेड इन नेपाल” लाई विश्वसामु गर्वका साथ स्थापित गर्नु भएको कम्पनीको भनाइ छ ।
“हामी अन्तर्राष्ट्रिय प्रदर्शनीमा सहभागी हुनु केवल व्यवसायिक उपलब्धि होइन, यो राष्ट्रिय गौरवको विषय हो,” एसियन ब्याट्रिज लिमिटेडका प्रतिनिधिले बताए। “नेपाल पनि सक्षम उत्पादन राष्ट्र हो भन्ने सन्देश विश्वलाई दिन चाहन्छौं।”
एसियन ब्याट्रिज लिमिटेडले आधुनिक उत्पादन प्रविधि, कडा गुणस्तर नियन्त्रण तथा दिगो अभ्यासहरू अपनाउँदै आएको छ, जसले अन्तर्राष्ट्रिय मापदण्डसँग मेल खान्छ र नेपाली सीप तथा आत्मनिर्भर सोचलाई प्रतिबिम्बित गर्छ।
नेपाल आत्मनिर्भर अर्थतन्त्र र निर्यातमुखी विकासतर्फ अघि बढिरहेको सन्दर्भमा, एसियन ब्याट्रिज लिमिटेड जस्ता उद्योगहरूले नेपालको औद्योगिक पहिचान विश्वमा मजबुत बनाइरहेका छन्।
एसियन ब्याट्रिज लिमिटेडले अन्तर्राष्ट्रिय वितरक, साझेदार तथा खरिदकर्ताहरूलाई नेपाली उत्पादनको शक्ति अनुभूति गर्न र सहकार्यका अवसरहरूका निम्ति आमन्त्रण समेत गरेको छ ।
एसियन ब्याट्रिज लिमिटेड नेपालस्थित ब्याट्री उत्पादन कम्पनी हो, जसले अटोमोटिभ, सोलार, इन्भर्टर तथा औद्योगिक ब्याट्रीहरू उत्पादन गर्दछ। कम्पनी गुणस्तर, नवप्रवर्तन र नेपाली उत्पादनलाई विश्वभर प्रवद्र्धन गर्न प्रतिबद्ध भएको बताएको छ ।
आजको समयमा इलेक्ट्रिक सवारी साधनप्रति मानिसको आकर्षण तीव्र गतिमा...
काठमाडौं – नेपाली बजारमा नयाँ टफ बुल ब्रान्डको अटोमोटिभ ब्याट्री...
इलेक्ट्रिक सवारी साधनको लोकप्रियता बढेसँगै यसको ब्याट्रीको हेरचाह र सही...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...