संसद सचिवालयमा बीवाईडीका इलेक्ट्रिक कार, चाइना एडले दियो सहयोग
काठमाडौं – चाइना एडले संसद सचिवालयलाई बीवाईडीका विद्युतीय कार उपलब्ध...
मर्सिडिज बेन्जले भारतमा इलेक्ट्रिक एसयूभी ईक्युएसको नयाँ सेलिब्रेसन संस्करण लन्च गरेको छ। कम्पनीले ईक्युएस को ५ सिटर संस्करणमा डिजाइन, सुविधा र प्रदर्शनका हिसाबले महत्वपूर्ण अपडेट गरिएको छ।
ईक्युएस ४५० को भेरिएन्टमा पहिलो पटक स्पोर्टी एएमजी लाइन ट्रिम थपिएको छ । यसअघि एएमजी लाइन ट्रिम केवल शीर्ष भेरिएन्ट ईक्युएस ५८० मा मात्र उपलब्ध थियो। कम्पनीका अनुसार ईक्युएस सन् २०२५ मा भारतको सबैभन्दा धेरै बिक्री हुने लक्जरी इलेक्ट्रिक एसयूभी बन्ने अपेक्षा गरिएको छ।
ईक्युएस ४५० को एक्टेरियर डिजाइन थप आकर्षक बनाइएको छ । यसको अगाडि र पछाडि स्पोर्टी एएमजी लाइन बम्पर दिइएको छ भने २१ इन्चका एएमजी स्पेसिफिक अलोय ह्विल दिइएको छ ।
यसको इन्टेरियर भागमा मर्सिडिजको सिग्नेचर ५६ इन्चको हाइपरस्क्रिन दिइएको छ । यसमा ड्राइभरका लागि इन्स्ट्रयुमेन्ट क्लस्टर, सेन्ट्रल इन्फोटेनमेन्ट सिस्टम र यात्रुका लागि छुट्टै स्क्रिन समावेश छ। दुबै भेरिएन्टमा पछाडिका सिटहरू भेन्टिलेटेड छन् । साथै ४ जोन अटोमेटिक क्लाइमेट कन्ट्रोल, मल्टि कलर एम्बियन्ट लाइटिङ र वायरलेस चार्जरले क्याबिनलाई थप प्रिमियम बनाएको छ।
नयाँ ईक्युएस मा १२२ किलोवाट आवर क्षमताको ठूलो ब्याट्री प्याक प्रयोग गरिएको छ। ईक्युएस ४५० पाँच सिटको कन्फिगरेसनमा उपलब्ध छ र यसमा ड्युअल मोटर सेटअप दिइएको छ, जसले ३६० हर्सपावर र ८०० एनएमको टर्क उत्पादन गर्छ। सो भेरिएन्टको रेन्ज एक पटकको चार्जमा ८२० किलोमिटर रहेको छ। त्यसैगरी ईक्युएस ५८० सात सिटको कन्फिगरेसनमा आउँछ र यसले ५४४ हर्सपावर तथा ८५८ एनएमको टर्क प्रदान गर्छ। यसको रेन्ज ८०९ किलोमिटर रहेको छ।
मर्सिडिज ईक्युएस मा लेभल २ एडभान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम समावेश गरिएको छ । यसका साथै कारमा ९ वटा एयरब्याग, ३६० डिग्री क्यामेरा र १५ स्पिकरको बर्मेस्टर प्रिमियम अडियो सिस्टम जस्ता सुविधाहरू दिइएको छ ।
काठमाडौं – चाइना एडले संसद सचिवालयलाई बीवाईडीका विद्युतीय कार उपलब्ध...
काठमाडौं– लिपमोटरको बहुप्रतिक्षित इलेक्ट्रिक एसयुभी बी१० तातोपानी...
जर्मनीको बजारमा लन्च भएको करिव ६ महिनामै हुन्डाई आयोनिक ५ ले २०२२ को ‘जर्मन...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...