सुपर कम्प्युटर जस्तो दिमाग भएको संसारकै पहिलो कार लिपमोटर डी१९ ले सबैको ध्यान तान्दै

चीनको इलेक्ट्रिक कार निर्माता लिपमोटरले आफ्नो अहिलेसम्मकै सबैभन्दा उन्नत र प्रविधिमैत्री एसयूभी डी१९ पेश गर्ने तयारी गरिरहेको छ। कम्पनीका अनुसार सो कार अप्रिल २०२६ सम्ममा बजारमा आउने अपेक्षा गरिएको छ। सो एसयूभीको अत्याधुनिक कम्प्युटिङ सिस्टमका कारण डी१९ अहिले चर्चा विषय बनेको छ ।

लिपमोटर डी१९ संसारको पहिलो दुईवटा क्वालकम ८७९७ चिप्स प्रयोग गरिएको कार हो । ड्युअल चिप प्रविधिका कारण सो कार सुपर कम्प्युटर जस्तै काम गर्न सक्षम भएको दाबी गरिएको छ। यसमा कम्पनीको नयाँ भीएलए ड्राइभिङ सिस्टम पनि समावेश गरिएको छ, जसले भविष्यमा सफ्टवेयरद्वारा चल्ने कारको दिशातर्फ संकेत गर्छ ।

लिपमोटर डी१९ दुई फरक मोडलमा उपलब्ध हुनेछ। पहिलो मोडल एक्सटेन्डेड रेन्ज इलेक्ट्रिक भेइकल अर्थात् हाइब्रिड संस्करण हो, जसमा ब्याट्रीसँगै ब्याट्री चार्ज गर्न प्रयोग हुने सानो इन्जिन दिइएको छ। सो मोडलले ५३६ हर्सपावर उत्पादन गर्छ । यसमा ८०.३ किलोवाट आवर ठूलो ब्याट्री प्रयोग गरिएको छ । ब्याट्री मात्र प्रयोग गर्दा पनि यो कारले करिब ५०० किलोमिटर दूरी तय गर्न सक्छ।

दोस्रो मोडल पूर्ण रूपमा इलेक्ट्रिक संस्करण हो । यो संस्करण अझ शक्तिशाली रहेको छ र यसले ७२४ हर्सपावर उत्पादन गर्छ । ११५ किलोवाट आवरकाे ठूलो ब्याट्री जडान गरिएको यस कारले एक पटक फुल चार्ज भएपछि करिब ७२० किलोमिटर दूरी तय गर्न सक्ने दाबी गरिएको छ।

सो एसयूभीले ३ सेकेन्डभन्दा कम समयमा ० देखि १०० किलोमिटर प्रतिघण्टाको गति लिन सक्छ । यसमा ८०० भोल्ट र १००० भोल्ट चार्जिङ प्रविधिको प्रयोग गरिएको छ, जसका कारण ठूलो ब्याट्रीलाई अत्यन्तै कम समयमा चार्ज गर्न सकिन्छ। यसले लामो दूरीको यात्रालाई अझ सहज बनाउने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचारहरू

एम्पियर इलेक्ट्रिक स्कुटरले ल्यायो उमेरका आधारमा जोडीहरूलाई विशेष छुट प्रदान गर्ने योजना

एम्पियर इलेक्ट्रिक स्कुटरले ल्यायो उमेरका आधारमा जोडीहरूलाई विशेष छुट प्रदान गर्ने योजना

काठमाडौं – एम्पियर ग्रिभ्स इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक...

परिक्षणका क्रममा देखियो टोयोटा इन्नोभा इलेक्ट्रिक

परिक्षणका क्रममा देखियो टोयोटा इन्नोभा इलेक्ट्रिक

टोयोटाले निकट भविषयमा सार्वजनिक गर्ने तयारी गरिरहेको इलेक्ट्रिक एमपिभी...

६२० किमी रेन्ज दिने स्काईवेलको लक्जरी एसयूभी ईटी ५ द्वारा प्रायोजित र्‍याली सम्पन्न

६२० किमी रेन्ज दिने स्काईवेलको लक्जरी एसयूभी ईटी ५ द्वारा प्रायोजित र्‍याली सम्पन्न

एनवाईअफ विराटनगर, सुनसरी एवं झापा च्याप्टरले आयोजना गरेको मोटर र्‍यालीको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...