टोयोटाको सानो तर शक्तिशाली एसयूभी नयाँ ल्यान्ड क्रुजर एफजे सार्वजनिक
जापान मोबिलिटी शो २०२५ मा टोयोटाले आफ्नो चर्चित अफरोड एसयूभी ल्यान्ड...
विश्वको सबैभन्दा धेरै सवारी साधन बिक्री गर्ने अटो निर्माता कम्पनीको रूपमा टोयोटा मोटरले सन् २०२५ मा पनि आफ्नो अग्रता कायम राखेको छ। हालै सार्वजनिक तथ्यांकअनुसार टोयोटाले लगातार छैटौँ वर्ष विश्वकै शीर्ष स्थानमा आफ्नो पकड जमाएको हो।
जनवरीदेखि नोभेम्बरसम्मको अवधिमा टोयोटाले विश्वभर १ करोड ३२ लाख (१०.३२ मिलियन) सवारी साधन बिक्री गरेको छ। उता जर्मनीको फक्सवागन समूहले डिसेम्बरसम्मको १२ महिनाको अवधिमा ८९ लाख ८० हजार (८.९८ मिलियन) युनिट बिक्री गरेको छ, जुन सन् २०२४ को तुलनामा ०.५ प्रतिशतले कम हो। यसरी फक्सवागनको वार्षिक बिक्री नोभेम्बरसम्मको टोयोटाको कुल बिक्रीभन्दा पनि कम रह्यो।
फक्सवागनका लागि प्रमुख बजार मानिने चीनमा कम्पनीको बिक्री ८ प्रतिशतले घट्दै करिब २६ लाख ९० हजार युनिटमा सीमित भएको छ। चिनियाँ घरेलु अटो उत्पादकहरूसँगको तीव्र प्रतिस्पर्धाका कारण फक्सवागन दबाबमा परेको विश्लेषकहरू बताउँछन्। त्यस्तै, उत्तर अमेरिकामा पनि कम्पनीको बिक्रीमा ठूलो गिरावट आएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ट्यारिफ (आयात कर) सम्बन्धी नीतिहरूको प्रभावका कारण फक्सवागनको बिक्री १०.४ प्रतिशतले घटेको हो।
यद्यपि, युरोपेली बजारमा भने फक्सवागनको प्रदर्शन तुलनात्मक रूपमा बलियो नै रह्यो। साथै, कम्पनीको विद्युतीय सवारी साधन (ईभी) बिक्री विश्वव्यापी रूपमा ३२ प्रतिशतले बढ्दै ९ लाख ८३ हजार १०० युनिट पुगेको छ। विशेषगरी युरोप र संयुक्त राज्य अमेरिकामा ईभी बिक्री सन् २०२४ को तुलनामा उल्लेखनीय रूपमा वृद्धि भएको देखिन्छ।
टोयोटाले सन् २०२० यता निरन्तर रूपमा विश्वकै सबैभन्दा ठूलो अटो विक्रेताको स्थान ओगट्दै आएको छ। कम्पनीको कुल बिक्री तथ्यांकमा साना कार उत्पादन गर्ने दाइहात्सु मोटर र ट्रक निर्माता हिनो मोटर्सको बिक्री पनि समावेश गरिएको छ।
जापान मोबिलिटी शो २०२५ मा टोयोटाले आफ्नो चर्चित अफरोड एसयूभी ल्यान्ड...
कोरियन अटो निर्माता साङयोङको ‘अल न्यू’ मुसो ग्रान्ड पिकअप नेपाल आउने भएको...
टोयोटाले आफ्नो चर्चित एसयूभी ल्यान्डक्रुजर ३०० लाई हाइब्रिड पावरट्रेनमा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...