बीवाईडीद्वारा बीटुबी बजार लक्षित नयाँ ‘लिङहुई’ ब्रान्ड सार्वजनिक, चार नयाँ मोडल घोषणा

चिनियाँ ईभी ब्रान्डको रुपमा लोकप्रिय कम्पनी बीवाईडीले बिजनेस टु बिजनेस अर्थात बीटुबी बजारलाई लक्षित गर्दै नयाँ ब्रान्डसहितका सवारी साधन सार्वजनिक गरेको छ। बीवाईडीले नयाँ ‘लिङहुई’ ब्रान्डअन्तर्गत चारवटा नयाँ सवारी मोडल ल्याइएको कम्पनीले जनाएको छ।

चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालयको हालैको घोषणाअनुसार लिङहुई ब्रान्डमा तीनवटा प्योर इलेक्ट्रिक ईभी सेडान र एउटा प्लग–इन हाइब्रिड मल्टी–पर्पज भेइकल (एमपीभी) समावेश छन्। यी मोडलहरू मुख्यतः ठूलो परिमाणमा सवारी खरिद गर्ने बीटुबी ग्राहकहरूको आवश्यकतालाई ध्यानमा राखेर विकास गरिएको बताइएको छ।

लिङहुई ब्रान्ड बीवाईडीका विद्यमान विद्युतीय मोडलहरूलाई आधार बनाएर, स्वतन्त्र सञ्चालन च्यानलमार्फत बीटुबी बजारमा केन्द्रित हुनेछ। बीवाईडीले लिङहुई ट्रेडमार्क सन् २०१० मै दर्ता गरिसकेको थियो, जसले कम्पनीको दीर्घकालीन रणनीतिक तयारीलाई संकेत गर्छ।

बिक्रीको हिसाबले बीवाईडीले गत वर्ष ४६ लाखभन्दा बढी नयाँ ऊर्जा सवारी बिक्री गरेको थियो, जुन अघिल्लो वर्षको तुलनामा ७.७ प्रतिशतले बढी हो। तीमध्ये ३४ लाख सवारी ‘डाइनास्टी’ र ‘ओसन’ ब्रान्डअन्तर्गत बिक्री भएका थिए भने करिब १ लाख ८० हजार युनिट उच्चस्तरीय ‘डेनजा’ ब्रान्डका थिए।

बीवाईडी जस्तै रणनीति चिनियाँ अटोमोबाइल निर्माता जीएसी समूहले पनि अपनाइसकेको छ। गत वर्ष जीएसीको एनईभी ब्रान्ड ‘जीएसी आयोन’ ले राइड–हेलिङ सेवासँग जोडिएको ब्रान्ड छविलाई फरक पार्न बीटुबी बजारका लागि छुट्टै ब्रान्ड सुरु गरेको थियो। यसअन्तर्गत बीटुबी र बीटुसी बजारलाई पूर्ण रूपमा अलग राख्दै, फरक मोडल र फरक सञ्चालन च्यानलमार्फत बिक्री गरिएको थियो।

सम्बन्धित समाचारहरू

फिल्म प्रमोशनको समयमा देखियो फक्सवागन बिटलको इलेक्ट्रिक कन्सेप्ट, के ईभी भर्सनमा आउला ?

फिल्म प्रमोशनको समयमा देखियो फक्सवागन बिटलको इलेक्ट्रिक कन्सेप्ट, के ईभी भर्सनमा आउला ?

एनिमेटेड फिल्म ‘मिराक्युलस : लेडीबग एन्ड क्याट न्वायर’ मा प्रयोग गरिएको...

दुर्घटनामा निओ ईभी भयो दुई टुक्रा, ब्याट्री र यात्रु सुरक्षित

दुर्घटनामा निओ ईभी भयो दुई टुक्रा, ब्याट्री र यात्रु सुरक्षित

चीनमा हालै भएको एक भयानक दुर्घटनामा निओ ईभी दुई टुक्रा भएको छ । डिसेम्बर १...

चाइनिज ईभी स्टार्ट अप मध्ये यी कम्पनीले मात्र पुरा गरे २०२५ को डेलिभरी लक्ष्य

चाइनिज ईभी स्टार्ट अप मध्ये यी कम्पनीले मात्र पुरा गरे २०२५ को डेलिभरी लक्ष्य

चीनको न्यु इनर्जी भेइकल स्टार्ट अप र यससँग सम्बन्धित ईभी ब्रान्ड मध्ये सन्...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...