चाइनिज ईभी स्टार्ट अप मध्ये यी कम्पनीले मात्र पुरा गरे २०२५ को डेलिभरी लक्ष्य

चीनको न्यु इनर्जी भेइकल स्टार्ट अप र यससँग सम्बन्धित ईभी ब्रान्ड मध्ये सन् २०२५ मा केही ब्रान्डले मात्र आफ्नो वार्षिक डेलिभरी लक्ष्य पूरा गर्न वा पार गर्न सफल भएका छन्। तीमध्ये लिपमोटर टेक्नोलोजी, एक्सपेङ मोटर्स र शाओमी अटो प्रमुख रूपमा अगाडि देखिएका छन्।

हाङ्झाउस्थित लिपमोटर टेक्नोलोजीले सन् २०२५ मा ५ लाख ९६ हजार ५५५ वटा सवारी साधन डेलिभरी गर्दै वार्षिक आधारमा १०३ प्रतिशतको उल्लेखनीय वृद्धि हासिल गरेको छ। कम्पनीले राखेको ५ लाख गाडीको लक्ष्य पार गर्दै लिपमोटर चीनका ईभी स्टार्टअपहरूमध्ये पहिलो स्थानमा पुगेको छ। कम्पनीले जनवरी १ मा यो उपलब्धि औपचारिक रूपमा सार्वजनिक गरेको हो।

एक्सपेङ मोटर्स दोस्रो स्थानमा रहँदै ४ लाख २९ हजार ४४५ वटा सवारी डेलिभरी गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १२६ प्रतिशतले बढी हो। कम्पनीको लक्ष्य ३ लाख ८० हजार थियो, जुन उसले सहजै पार गरेको छ।

यसैबीच, उपभोक्ता इलेक्ट्रोनिक्स कम्पनी शाओमीको अटोमोबाइल इकाई शाओमी अटोले ४ लाख १० हजार गाडी डेलिभरी गर्दै ३ लाख ५० हजारको लक्ष्य पार गरेको छ। शाओमीका अध्यक्ष तथा प्रमुख कार्यकारी लेई जुनका अनुसार कम्पनीले सन् २०२६ का लागि ५ लाख ५० हजार गाडी डेलिभरी गर्ने लक्ष्य लिएको छ।

तर सबै प्रमुख ब्रान्डका लागि सन् २०२५ उत्साहजनक रहेन। ली अटोको डेलिभरी १९ प्रतिशतले घट्दै ४ लाख ६ हजार ३४३ मा सीमित भयो, जसले ७ लाखको लक्ष्य पूरा गर्न सकेन। नियोले भने ४७ प्रतिशत वृद्धि गर्दै ३ लाख २६ हजार २८ गाडी डेलिभरी ग¥यो, तर यसले आफ्नो वार्षिक लक्ष्यको केवल ७४ प्रतिशत मात्र हासिल गर्न सक्यो।

जिली अटोमोबाइल होल्डिङ्सअन्तर्गतको प्रिमियम ईभी इकाई जिकर इन्टेलिजेन्ट टेक्नोलोजीले ५ लाख ७४ हजार ६२८ सवारी बिक्री गरेको छ, जुन १३ प्रतिशतको वृद्धि हो। तर यो कुल लक्ष्यको ८१ प्रतिशत मात्र हो। तीमध्ये २ लाख २४ हजार १३३ जिकर ब्रान्डका र ३ लाख ५० हजार ४९५ लिंक एन्ड कम्पनी ब्रान्डका सवारी हुन्।

राज्य–स्वामित्वका चांगान अटोमोबाइलका दुई ईभी ब्रान्ड दिपल र अवतारले क्रमशः ३ लाख ३३ हजार ११७ र १ लाख २८ हजार ७७२ सवारी बिक्री गरेका छन्। यी आँकडाले वार्षिक रूपमा क्रमशः ३७ प्रतिशत र ७५ प्रतिशत वृद्धि देखाउँछन्। यद्यपि दिपलले आफ्नो लक्ष्यको ९३ प्रतिशत मात्र पूरा गर्दा अवतारले ५९ प्रतिशतमै सीमित रहनुप-यो।

डोङफेङ मोटर ग्रुपको प्रिमियम ईभी ब्रान्ड भोयाहले १ लाख ५० हजार १६९ सवारी बिक्री गर्दै ७५ प्रतिशतको वृद्धि हासिल ग¥यो, तर यसले पनि लक्ष्यको ७५ प्रतिशत मात्र पूरा गर्न सक्यो।

यसैगरी, हुवावे टेक्नोलोजीजको हार्मोनी इन्टेलिजेन्ट मोबिलिटी एलायन्सले कुल ५ लाख ८९ हजार १०७ ईभी डेलिभरी गरेको छ, जुन ३२ प्रतिशतले बढी हो। सो एलायन्समा सेरेस ग्रुपसँगको आइटो, चेरी अटोमोबाइलसँगको लक्सिड, जेएसी मोटर्ससँगको माएक्स्ट्रो, बीएआईसी समूहसँगको स्टेलाटो र साइक मोटरसँगको शाङजी ब्रान्ड समावेश छन् । यद्यपि हुवावेले भने वार्षिक डेलिभरी लक्ष्य सार्वजनिक गरेको छैन।

विश्लेषकहरूका अनुसार चीनको ईभी बजारमा तीव्र मूल्य प्रतिस्पर्धा, नयाँ मोडलहरूको बाढी र उपभोक्ता मागमा आएको परिवर्तनका कारण लक्ष्य पूरा गर्न सक्ने कम्पनीहरूको संख्या सीमित हुँदै गएको छ। यस्ता चुनौतीबीच पनि लक्ष्य पार गर्न सफल कम्पनीहरूले आगामी वर्षहरूमा बजार नेतृत्व अझ मजबुत बनाउने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचारहरू

प्रधानमन्त्री ओलीले गरे हाइड्रोजन कारको शुभारम्भ

प्रधानमन्त्री ओलीले गरे हाइड्रोजन कारको शुभारम्भ

प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेको धुलिखेलस्थित काठमाडौँ...

२०३० सम्म ठूलो मात्रामा सोलिड स्टेट ब्याट्री उत्पादन गर्ने योजनामा बीवाईडी

२०३० सम्म ठूलो मात्रामा सोलिड स्टेट ब्याट्री उत्पादन गर्ने योजनामा बीवाईडी

बीवाईडीले अल–सोलिड–स्टेट ब्याट्री विकास गर्ने कार्यमा महत्वपूर्ण योजना...

दशैंमा याडिया स्कुटर किन्दा १० हजार छुट

दशैंमा याडिया स्कुटर किन्दा १० हजार छुट

काठमाडौं–याडिया स्कुटरको नेपालका लागि आधिकारिक वितरक कुजु नेपालले दशैं...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...