आयो एयरब्याग भएको हेलमेट
हेलमेट निर्माता कम्पनी एरोहले विश्वमै पहिलो पटक एयरब्याग भएको हेलमेट...
एनिमेटेड फिल्म ‘मिराक्युलस : लेडीबग एन्ड क्याट न्वायर’ मा प्रयोग गरिएको फक्सवागन बिटल इलेक्ट्रिक कन्सेप्टले धेरैको ध्यान खिचेको छ । यद्यपि फिल्मका लागि मात्र प्रयोगमा ल्याएको भनिएको सो कार डिजिटल–वान्ली अफेयर मात्र नभएर यो वास्तविक समेत बन्न सक्ने अनुमान गरिएको छ ।
फ्रान्सको पेरिसमा देखिएको प्रोटोटाइपले यो कुरालाई पुष्टि गरेको छ । फिल्मको वारेमा भएको इभेन्टको समयमा सो ईभीलाई पनि एक छेउमा पार्क गरिएको थियो । सो कन्सेप्टको रियल लाइफ भर्सन चाहिं फिल्मको पोस्टरका लागि बनाइएको थ्रीडी जेनेरेटेड मोडल जस्तो देखिन्छ । यो लेडीबग इन्स्पायर्ड फिचर सहितको छ र कार्टुनिस स्टाइलको पनि छ ।
सन् १९९७ र २०११ को आधुनिक उत्पादन बिटलसँग मिल्दोजुल्दो देखिने सो ईभीमा राउन्ड टेललाइट र इन्टिग्रेटेड डक–टेल स्पोइलर छ ।
पेरिस भिडियोस्टार नामक फ्रेन्च युट्युब च्यानलमा सो बिटल कन्सेप्ट देख्न सकिन्छ।
फक्सवागन बिटल कुनै समयमा निकै नै लोकप्रिय कार हो । सन् २०१९ पश्चात यसको उत्पादन बन्द भइसकेको छ । यद्यपि समय समयमा यसको इलेक्ट्रिक भर्सन आउने चर्चा पनि चल्ने गर्छ ।
तर के साँच्चै यो इलेक्ट्रिक भर्सनमा आउला ? वा फिल्मको प्रचारका लागि फन्डा गरिएको मात्र हो ? यो भने अहिले नै केही भन्न सकिदैन ।
हेलमेट निर्माता कम्पनी एरोहले विश्वमै पहिलो पटक एयरब्याग भएको हेलमेट...
काठमाडौं – नेपालका लागि फक्सवागन गाडीको आधिकारिक वितरक पूजा इन्टरनेसनल...
जिमोपाइले आफ्नो नयाँ इलेक्ट्रिक स्कुटर राइडर सुपरम्याक्स भारतमा लन्च...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...