चागंनले ल्यायो टायर फुटे पनि नियन्त्रणमै रहने नयाँ विद्युतीय एसयूभी

चिनियाँ अटोमोबाइल कम्पनी चांगनले आफ्नो नेभो ब्रान्ड अन्तर्गत नयाँ मिडसाइज इलेक्ट्रिक एसयूभी नेभो क्युओ६ सार्बजनिक गरेको छ । कम्पनीको यस शृङ्खलामा यो चौथो एसयूभी हो । सो गाडीको टायर फुटेको अवस्थामा पनि नियन्त्रण कायम राख्न सक्ने क्षमताका कारण सो मोडल चर्चामा आएको छ।

रिपोर्टका अनुसार नेभो क्युओ६ दुई फरक भेरिएन्टमा उपलब्ध हुनेछ । यसमा पूर्ण रूपमा इलेक्ट्रिकबाट चल्ने भेरिएन्ट र रेन्ज बढाउने इन्जिन भएको भेरिएन्ट समावेश छ । पूर्ण रूपमा इलेक्ट्रिकबाट चल्ने भेरिएन्ट ब्याट्री पावरमा आधारित छ र यसमा सिंगल रियर मोटर जडान गरिएको छ। यसमा दुई मोटरसहितको अल ह्विल ड्राइभ विकल्प पनि उपलब्ध हुनेछ। सो भेरिएन्टको अधिकतम गति करिब २०० देखि २३० किलोमिटर प्रतिघण्टासम्म पुग्न सक्छ।

रेन्ज बढाउने इन्जिन भएको भेरिएन्टमा १.५ लिटरको सानो पेट्रोल इन्जिन र इलेक्ट्रिक मोटरको संयोजन गरिएको छ। यसमा रहेको पेट्रोल इन्जिनले सिधै गाडी चलाउने काम गर्दैन, बरु ब्याट्री चार्ज गरेर लामो दूरीसम्म बिना अवरोध यात्रा गर्न सहयोग पुर्‍याउँछ। सो भेरिएन्टको अधिकतम गति करिब २२० किलोमिटर प्रतिघण्टा रहेको बताइएको छ।

कम्पनीले यसमा ताइक्सिङ ड्राइभ सिस्टम प्रयोग गरेको छ, जसले सडकमा गाडीको स्थिरता बढाउँछ। विशेषगरी टायर फुटेको अवस्थामा पनि चालकले सजिलै गाडी नियन्त्रणमा राख्न सक्ने व्यवस्था गरिएको छ, जुन यस गाडीको मुख्य आकर्षणमध्ये एक हो।

यसमा प्रयोग गरिएको सोडियम आयन ब्याट्री अर्को महत्वपूर्ण विशेषता हो । अत्यधिक चिसो मौसममा पनि राम्रो प्रदर्शन दिने सो प्रविधिले पारम्परिक ब्याट्रीहरूको सीमिततालाई घटाउने अपेक्षा गरिएको छ। ८०० भोल्टको संरचनामा आधारित यो एसयूभीले फास्ट चार्जिङलाई समर्थन गर्छ, जसका कारण छोटो समयमा नै ब्याट्री चार्ज गर्न सकिन्छ।

यसमा १४ प्रकारका फरक फरक पाङ्ग्रा डिजाइन विकल्प, प्यानोरोमिक सनरुफ, आकर्षक पछाडिको स्पोइलर, छतमाथि जडान गरिएको लिडार सेन्सर तथा प्राइभेसी ग्लास जस्ता फिचर रहेको छ ।

सम्बन्धित समाचारहरू

ओमोडा एन्ड जेइको बन्यो १७औं रोटरी डिस्ट्रिक्ट सम्मेलनको शीर्ष प्रायोजक

ओमोडा एन्ड जेइको बन्यो १७औं रोटरी डिस्ट्रिक्ट सम्मेलनको शीर्ष प्रायोजक

काठमाडौं – नेपालका लागि ओमोडा एन्ड जेइको ब्रान्डको आधिकारिक वितरक एसपीजी...

चितवनमा २ चार्जिङ स्टेसन सञ्चालन, ६ वटा गाडी चार्ज गर्न मिल्ने

चितवनमा २ चार्जिङ स्टेसन सञ्चालन, ६ वटा गाडी चार्ज गर्न मिल्ने

भरतपुर- चितवनमा विद्युतीय सवारी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। भरतपुरको...

साइमेक्स ईकले शुरु ग-यो ग्राहकलाई १०० किलोवाट क्षमताको बीवाईडी एट्टो ३ डेलिभरी

साइमेक्स ईकले शुरु ग-यो ग्राहकलाई १०० किलोवाट क्षमताको बीवाईडी एट्टो ३ डेलिभरी

काठमाडौं – नेपाली ग्राहकले १०० किलोवाट क्षमताको बीवाईडी एट्टो ३ को...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...