चीनमा पहिलोपटक लिक्विड सोलिड स्टेट ब्याट्रीको ‘मास प्रोडक्सन’ सुरु

चीनमा पहिलोपटक लिक्विड सोलिड स्टेट ब्याट्रीको ‘मास प्रोडक्सन’ सुरु गरिएको छ । २०२५ को चौथो त्रैमासिकबाट सञ्चालन आएको हाइलिकको स्वमित्वमा रहेको पहिलो प्लान्टले ब्याट्री उत्पादन सुरु गरेको हो ।

चीनमा हेयुआन लिथियम इनोभेसन भनेर चिनिने हाइलिकको स्थापना जनवरी २०२३ मा भएको थियो, जसको मुख्यालय चीनको सुझाउमा रहेको छ ।

यस कम्पनीले ऊर्जा भण्डारण, पावर एप्लिकेसन र घरायसी उपकरणहरूको लागि सोलिड स्टेट लिथियम–आयन ब्याट्री उत्पादनका लागि अनुसन्धान, विकास, उत्पादन र बिक्रीमा केन्द्रित रहँदै आएको छ ।

हाइलिकले उर्जा घनत्व, सुरक्षा, क्षमता, डिस्चार्ज दर, लाइफ साइकल र लागतमा केन्द्रित आफ्नो ‘सिक्स–इन–वान ब्याट्री’ अभियनालाई समेत सुरुवात गरेको छ । जुन धेरै एप्लिकेसनका लागि लक्षित गरी ल्याउन लागिएको हो ।

कम्पनीले ल्याएको २५० देखी ३०० वाट आवर प्रति किलोग्राम उर्जा घनत्व भएको ब्याट्रीलाई इलेक्ट्रिक स्कुटर र साइकलजस्ता साना मोबिलिटी भेइकलमा प्रयोग गर्न सकिने जनाइएको छ । यस ब्याट्रीले १५०० लाइफ साइकल परिक्षण तथा ५ मिमी नेल पेनिट्रेसन परिक्षण पास गरेको दाबी गरिएको छ ।

सम्बन्धित समाचारहरू

४ मिनेट ३७ सेकेन्डमै ८० प्रतिशत सम्म चार्ज गर्न सकिने नयाँ प्रबिधीको सफल परिक्षण

४ मिनेट ३७ सेकेन्डमै ८० प्रतिशत सम्म चार्ज गर्न सकिने नयाँ प्रबिधीको सफल परिक्षण

वेलायती स्टार्ट–अप कम्पनी निओबोल्टले जम्मा ४ मिनेट ३७ सेकेन्डमै १०% देखि...

टेस्ला र बीवाईडीमा कुन ब्याट्री उत्कृष्ट ?

टेस्ला र बीवाईडीमा कुन ब्याट्री उत्कृष्ट ?

इलेक्ट्रिक सवारी साधनमा प्रयोग हुने प्रविधि तीव्र गतिमा अगाडि बढिरहेको छ...

टफ बुल ब्रान्डको अटोमोटिभ ब्याट्री अब नेपालमा

टफ बुल ब्रान्डको अटोमोटिभ ब्याट्री अब नेपालमा

काठमाडौं – नेपाली बजारमा नयाँ टफ बुल ब्रान्डको अटोमोटिभ ब्याट्री...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...